डिल्लीबजार कारागारमा कैदीबन्दीहरूबीच झडप
काठमाडौं। डिल्लीबजार कारागारमा कैदीबन्दीहरूबीच आज बिहान झडप भएको छ।

चौकीदार परिवर्तनको विषयमा विवाद बढेपछि कैदीबन्दीहरुबीच झडप भएको स्रोतले बताएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी राजकुमार केसीले कैदीबन्दीहरूबीच बिहान झडप भएको जानकारी दिए।

“उनीहरूबीच आपसी केही विवादमा झडप भएको जानकारी आएको छ”, उनले भने, “अहिले त्यसतर्फ थप प्रहरी टोली परिचालन भएको छ।”

उनले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। कारागार स्रोतका अनुसार लकडाउनका कारणले कारागारमा रहेका कैदीबन्दीहरू समस्यामा परेपछि विवाद बढेको हो।

कैदीबन्दीहरुबीच झडप भएपछि महानगरीय प्रहरी परिसर लगायतका ठाउँबाट प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्