कालिमाटीका संक्रमित प्रहरी बस्ने क्षेत्र नयाँबानेश्वरका तीन घर 'सिल'

काठमाडौं। कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको निवासस्थल काठमाडौँ महानगरपालिका-१० नयाँबानेश्वरका तीन घर 'सिल' गरिएको छ।

प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेको वडा सदस्य नरोज अर्यालले जानकारी दिए।

केही दिनअघि महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत् दुई प्रहरीमा कोभिड-१९ पुष्‍टि भएको थियो।

संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको कोभिड-१९ परीक्षणका लागि स्वाब संकलन गरिसकिएको छ।

वडाले अत्यावश्यक सेवाका ढल, खानेपानीलगायत समस्या समाधानलाई निरन्तरता दिएको वडा कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्