काठमाडौं। नेपालमा रहेका अमेरिकी नागरिक र ग्रिनकार्ड भएका नेपालीलाई अमेरिकी दूतावासले आज अमेरिका लैजादैं छ।
उनीहरूलाई लिन कतारको दोहाबाट कतार एअरवेजको विमान आज साँझ ६ बजेर १० मिनेटनमा काठमाडौं अवतरण गर्ने उडान तालिका रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरूले बताएका छन्।
आजै बेलुका साढे ७ बजे विमान काठमाडौंबाट फर्कनेछ।
अमेरिका फर्कन चाहनेहरूका लागि नेपालस्थित अमेरिकी दूतावासले चार्टर्ड उडानको व्यवस्थापन गरेको हो। टिकट व्यवस्थापन काम भने दरबारमार्गस्थित् प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सले गरेको छ।
दूतावासले ३२० जना यात्रु लैजाने तयारी गरेको र त्यही अनुसार टिकट बुकिङ गरिएको ट्राभलका निर्देशक सिद्धार्थविक्रम थापाले बताए।
अहिले टिकट लिएकामध्ये धेरैजसो अमेरिकी नागरिक र ग्रिनकार्ड भएका नेपाली रहेको उनले बताए। केही अमेरिकाको भिषा लागेर रोकिएका नेपाली पनि छन्।
अमेरिकी दूतावासले पहिलो प्राथमिकतामा अमेरिकी नागरिक, दोस्रोमा ग्रिनकार्ड पाएका व्यक्ति र तेस्रो प्राथमिकतामा अमेरिकाको भिषा लागेर रोकिएका नेपालीहरूहरूलाई प्राथमिकता तोकेर लान लागेको बताइएको छ।
" /> काठमाडौं। नेपालमा रहेका अमेरिकी नागरिक र ग्रिनकार्ड भएका नेपालीलाई अमेरिकी दूतावासले आज अमेरिका लैजादैं छ।उनीहरूलाई लिन कतारको दोहाबाट कतार एअरवेजको विमान आज साँझ ६ बजेर १० मिनेटनमा काठमाडौं अवतरण गर्ने उडान तालिका रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरूले बताएका छन्।

">