आज इद उल फित्र, घरमै बसेर नमाज पढ्न आग्रह
काठमाडौं। आज इस्लाम धर्मावलम्बीको पर्व इद उल फित्र।

९ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले आज सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ।

राष्ट्रिय मुस्लिम आयोगले इद उल फित्रका दिन घरमै बसेर नमाज पढ्न आग्रह गरेको  छ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले घरमै बसेर इदको नमाज पढ्न आग्रह गरेका हुन्।

रमजान महीनाको अन्त्यमा मनाइने प्रमुख पर्व इद उल फित्रका दिन मस्जिदमा गई सामूहिक नमाज पढ्ने प्रचलन छ।

रमजानको शुरूको दिन पनि कोरोना भाइरस संक्रमणको जोखिमलाई ख्याल गर्दै इस्लाम धर्मावलम्बीहरूले घरमै बसेर नमाज पढेका थिए।

प्रतिक्रिया दिनुहोस्