काठमाडौं। काठमाडौंको टोखास्थित ग्राण्डी अस्पतालले कोरोना संक्रमण पुष्टि भएका आफ्नो कर्मचारीको सम्पर्कमा रहेका सबै कर्मचारी पहिचान गरी आइसोलेसनमा राखिएको जनाएको छ।
१० जेठ बिहान काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका ३५ वर्षीय युवक ग्राण्डी अस्पतालमा कार्यरत कर्मचारी रहेको खुलेको थियो।
१० जेठ अबेर राति विज्ञप्ति जारी गर्दै अस्पतालले स्वेच्छाले पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएका ती कर्मचारीलाई सरकारले तोकेको मापदण्डअनुसारका अस्पतालमध्ये पाटन अस्पताल पठाइएको र उनको सम्पर्कमा रहेका सबै कर्मचारीको कन्ट्याक्ट ट्रेसिंग गरिएको जनाएको छ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'निजहरुलाई नेपाल सरकारले जारी गरेको निर्देशिकाअनुसार आइसोलेसनमा राखिएको तथा निज व्यक्तिहरुको स्वाबसमेत संकलन गरी जाँचको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ।'
" /> काठमाडौं। काठमाडौंको टोखास्थित ग्राण्डी अस्पतालले कोरोना संक्रमण पुष्टि भएका आफ्नो कर्मचारीको सम्पर्कमा रहेका सबै कर्मचारी पहिचान गरी आइसोलेसनमा राखिएको जनाएको छ।१० जेठ बिहान काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका ३५ वर्षीय युवक ग्राण्डी अस्पतालमा कार्यरत कर्मचारी रहेको खुलेको थियो।

">