काठमाडौं। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको शिवनाथ गाउँपालिकामा हिजो र आज गरेर पाँचजना कोरोना संक्रमिट भेटिए। उनीहरू केही समय अघिमात्र भारतका विभिन्न ठाउँबाट आएका थिए।

सुदूरपश्चिमी जिल्लामा भारतबाट दैनिक दुई हजारभन्दा धेरैको संख्यामा नेपाली आइरहेका छन्।

यहीकारण करीब डेढ महीनासम्म एकजना पनि संक्रमित नदेखिएको सुदूरपश्चिममा पछिल्लो दुई दिनमै ९ जना संक्रमित थपिएका छन्।

एकातिर कोरोना संक्रमित बढिरहेका छन् भने अर्कोतिर भारतबाट आउनेहरूको व्यवस्थापन र स्वास्थ्य परीक्षण यहाँका स्थानीय सरकार र अस्पतालहरूको बुताभन्दा बाहिर जान थालेको छ। न उनीहरूलाई राख्ने ठाउँ छ न परीक्षण गर्ने स्वास्थ्य सामग्री।

पछिल्लो तीन दिनमा कैलालीको गौरीफन्टा नाका, कञ्चनपुरको दोधरा चाँदनी र ब्रह्मदेव नाका तथा पहाडी जिल्लाका नाकाहरूबाट १५ हजार बढी नेपाली भित्रिएको आँकडा स्थानीय प्रशासनले बटुलेका छन्।

नेपाल भित्रिनेहरूलाई आवश्यक स्वास्थ्य परीक्षण नगरिँदा संक्रमणको जोखिम झन् बढेको छ। सीमावर्ती भारतीय क्षेत्रमा बसेका उनीहरूलाई त्यहाँ क्वारेन्टाइन अवधि पूरा गरेर सीमानाकासम्म छाड्न थालिएपछि उनीहरू धमाधम नेपाल आउन थालेका हुन्।

यो चाप अचाक्ली बढेपछि स्वास्थ्य परीक्षणविनै उनीहरूलाई भित्र्याइरहेका स्थानीय तहहरूले अब व्यवस्थापन गर्न पनि नसकिने अवस्था आएको भन्दै संघीय सरकारलाई गुहार्न थालेका छन्।

दैनिक हजारौंको संख्यामा भारतबाट नेपाली आउन थालेपछि स्वास्थ्य परीक्षण गर्ने व्यवस्था तथा क्वारेन्टाइनमा राख्न सक्ने अवस्था नरहेको भन्दै उनीहरूले परिस्थिति आफ्नो काबुमा नरहेको जनाउ दिएका छन्।

कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर अशोक चन्दले आरडीटी परीक्षण गर्ने किट, पीसीआर परीक्षणका लागि आवश्यक पर्ने सामग्री केही नहुँदा जोखिम बढेको भन्दै संघीय सरकारको ध्यानाकर्षण गराए।

उद्धारको पर्खाइमा रहेका नेपालीहरू दोधरा चाँदनीको झोलुंगे पुल नजिकै।

उनीहरूलाई ल्याएर राख्ने ठाउँ नभएको, सीमानाकामा अझै धेरै नेपाली उद्धारको पर्खाइमा रहेको भन्दै उनीहरूलाई नेपाल ल्याउँदा स्वास्थ्य जाँच गरेर सम्बन्धित ठाउँमा पठाउन सक्ने अवस्था नरहेको मेयर चन्दको भनाइ छ।

कोभिड-१९ परीक्षण गर्ने किटको अभावमा धेरैजसोलाई स्वास्थ्य परीक्षण नगरी भित्र्याउनुपर्ने अवस्था आएको उनले बताए।

“क्वारेन्टाइनमा बसेकाहरूको पनि स्वास्थ्य परीक्षण गरेर मात्र घर पठाउनुपर्ने अवस्था छ। सीमानाकामा अलपत्र परेकाहरूलाई पनि उद्धार गर्दा नै स्वास्थ्य परीक्षण गर्नुपर्ने देखिन्छ। तर, स्वास्थ्य सामग्री छैनन्” मेयर चन्दले भने।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा. गुणराज अवस्थीले भने स्वास्थ्य सामग्रीको हाहाकार नभएको दाबी गरे। “पूरै अभाव भयो भनेर जसरी बाहिर हल्ला फैलिइरहेको छ, त्यस्तो अभाव भने छैन। अझै पनि ८० प्रतिशत स्वास्थ्य सामग्री छ”, डा. अवस्थीले भने।

संघीय सरकारले तीन दिनभित्र आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएको भन्दै उनले केही दिनमै समस्या समाधान हुने बताए। स्थानीय तहहरूले आफ्नो पालिकाका कति मानिस बाहिर छन् र कति  आउन लागेका छन् भन्ने यकिन तथ्यांक उपलब्ध गराउन नसक्दा समस्या भइरहेको उनको भनाइ छ।

“हामी अघिल्लो दिन एक हजार किट मगाउँछौं। फेरि अर्को दिन २ हजार किट आवश्यक परिरहेको हुन्छ। स्थानीय तहबाट बाहिर भएकाहरूको यकिन तथ्यांक उपलब्ध गरायो भने त्यही अनुरूप माग गर्न सकिन्छ। यसो नहुँदा समस्या भइरहेको छ”, डा. अवस्थीले भने।

यो पनि पढ्नुहोस्

‘संक्रमण नियन्त्रणबाहिर जान लाग्यो, चिकित्सक टोली र सुरक्षाकर्मी परिचालन गरिदेऊ’

" /> काठमाडौं। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको शिवनाथ गाउँपालिकामा हिजो र आज गरेर पाँचजना कोरोना संक्रमिट भेटिए। उनीहरू केही समय अघिमात्र भारतका विभिन्न ठाउँबाट आएका थिए।

"> भारतबाट आउने भीड धान्न नसकेपछि सुदूरपश्चिमका स्थानीय तहले गुहारे  संघीय सरकार: Dekhapadhi
भारतबाट आउने भीड धान्न नसकेपछि सुदूरपश्चिमका स्थानीय तहले गुहारे  संघीय सरकार

प्रतिक्रिया दिनुहोस्