काठमाडौं। आज काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा गरेर ७५ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बाँके, बर्दिया, सुर्खेत, बैतडी, कपिलवस्तु, झापा, सर्लाही, बारा, काठमाडौं, रूपन्देही, गुल्मी र चितवनमा ७५ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा संक्रमितको संख्या ५९१ पुगको छ।
आज सबैभन्दा धेरै बाँकेको नरैनापुरमा २७ जनामा संक्रमण देखिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणमा नरैनापुरका २७ जनामा संक्रमण पुष्टि भएको हो।
त्यसपछि सर्लाहीमा १३, कविलवस्तुमा ११, रूपन्देहीमा ११, बैतडीमा ४, सुर्खेतमा ३, झापा, बर्दिया, गुल्मी, काठमाडौं, बारा र चितवनमा एक/एकजना संक्रमित थपिएका छन्।
गुल्मीमा संक्रमित भेटिएका व्यक्ति यसअघि कोरोना संक्रमणबाट मृत्यु भएका मदाने गाउँपालिकाका एक शिक्षकको घरमा डेरामा बस्दै आएका ३१ वर्षीय पुरुष भएको खुलेको छ।
यता कपिलवस्तुमा भने आज ११ जना संक्रमित थपिँदा यसअघिका १० जना संक्रमित कोरोनामुक्त भएर घर फर्किएका छन्।
दुई हप्ता अगाडि कोरोना संक्रमण भएर बुटवलको कोरोना विशेष अस्पतालको आइसोलेसनमा भर्ना भएका कपिलवस्तुका युवाहरू कोरोनामुक्त भएका अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा. सुदर्शन थापाले बताए।
आजै, पर्साको वीरगञ्जस्थित् नारायणी अस्पतालबाट पनि ९ जना संक्रमित कोरोनामुक्त भएर घर फर्किएका छन्।
कोरोनामुक्त हुनेमा एक भारतीय नागरिक, पर्साका तीन, रौतहटका तीन र बाराका दुईजना रहेका अस्पतालका प्रमुख डा. मदन उपाध्यायले बताए।
यसैबीच, कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रविसे–९ राम्चेकी २९ वर्षीय युवतीको गाउँका सबैको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।
कोरोना संक्रमणबाट १ जेठमा राम्चेकी सुत्केरीको धुलिखेल अस्पतालमा निधन भएको थियो। त्यसलगत्तै ४ र ५ जेठमा ती युवतीको सम्पर्कमा आएका व्यक्तिहरूको स्वाब संकलन गरेर कोरोना परीक्षण गरिएको थियो।
मृतक युवतीको गाउँ, उनको माइती गाउँ, बाह्रविसेस्थित् प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी लगायत १९५ जनाको नमूना संकलन गरिएको थियो। जसमध्ये १८७ जनको रिपोर्ट नेगेटिभ आएको सिन्धुपाल्चोकका जिल्ला स्वास्थ्य कार्यलय प्रमुख दुर्गादत्त चापागाईंले बताए।
मृतक युवतीको गाउँमा पुगेका सिन्धुपाल्चोकका सुनकोशी गाउँपालिकाका आठ जनाको भने नमूना संकलन भएको पाँच दिन बितिसक्दा पनि रिपोर्ट आएको छैन।
नेपालमा हालसम्म तीनजना संक्रमितको मृत्यु भएको छ भने ८९ जना कोरोनामुक्त भएर घर फर्किएका छन्।
" /> काठमाडौं। आज काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा गरेर ७५ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बाँके, बर्दिया, सुर्खेत, बैतडी, कपिलवस्तु, झापा, सर्लाही, बारा, काठमाडौं, रूपन्देही, गुल्मी र चितवनमा ७५ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा संक्रमितको संख्या ५९१ पुगको छ।

">