काठमाडौं। आज चिकित्त्साशास्त्र अध्ययन संस्थानको महाराजगञ्जस्थित् मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टरमा उपचाररत मकवानपुरको हेटौंडानिवासी एक महिलामा कोरोना संक्रमण पुष्टि भयो। उनलाई कोरोना संक्रमण देखिएपछि सँगै रहेको त्रिवि शिक्षण अस्पतालको आइसोलेसन कक्षमा सारियो। र, त्यसपछि सेन्टर नै ‘सिल’ गरियो।

५ जेठमा रूपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार गराइरहेका बिरामीमा कोरोना पोजिटिभ देखिएपछि अस्पताल नै ‘सिल’ गरियो। एक जना बिरामीका संक्रमण देखिएपछि अस्पतालले कुनै पनि बिरामी, कुरुवा तथा स्वाथ्यकर्मीलाई न बाहिर जान दियो, न बाहिरकालाई भित्र आउन।

१ जेठमा उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल ल्याइएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको मृत्यु भयो। उनको मृत्युपछि परीक्षण गर्दा ३ जेठमा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। र, त्यो पुष्टिसँगै अस्पताल ‘सिल’ गरियो।

१ जेठमै एक जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको न्यूरो वार्ड नै ‘सिल’ गरियो।

अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण पुष्टि हुनेबितिक्कै पूरै अस्पताल नै ‘सिल’ गर्न थालिएको यी घटनाक्रमले देखाउँछन्। ठूला अस्पताल मात्र होइन, ५ जेठमा धनकुटा जिल्ला अस्पतालमा कार्यरत स्टाफ नर्सलाई कोरोना संक्रमण भेटिएपछि अस्पताल क्षेत्रलाई नै ‘सिल’ गरिएको थियो। स्वास्थ्यकर्मीलाई नै संक्रमण देखिएको भन्दै स्थानीय प्रशासनले धनकुटा नगरपालिका–७ को चार किल्ला तोकेर ‘सिल’ गरेको थियो। त्यसका लागि धनकुटामा सुरक्षा प्रमुख र सरोकारवालाको बैठक नै बसेको थियो।

कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी, उनलाई अस्पतालसम्म ल्याउने सहयोगी, एम्बुलेन्स चालकलगायत उनको सम्पर्कमा आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने विधि लागू गरिएको छ। तर, संक्रमितको उपचार भइरहेको अस्पताल नै ‘सिल’ गर्न थालिएपछि स्वास्थ्यक्षेत्रकै कतिपय जानकारहरूले प्रश्न गर्न थालेका छन्, यसैगरी अघि बढियो भने एकै पटक सयौंको संख्यामा बिरामी देखिए भने के गर्ने ? धेरै अस्पतालमा एकैचोटी बिरामी भेटिए भने झन् के गर्नुपर्ला ?

चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न भएर नेपाल फर्केका डा. रमेश आचार्य यस्तो हुनुमा गम्भीर लापरवाही जिम्मेवार भएको बताउँछन्। उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पूर्ण सुरक्षित बनाउन पीपीई, मास्क, पञ्जा, स्यानिटाइजर लगायतका सामग्री उपलब्ध गराउनु पर्ने उनको भनाइ छ। अस्पताल नै ‘सिल’ गर्दा उपचारमा संलग्न स्वास्थ्यकर्मी नै उच्च जोखिममा छन् भन्ने सन्देश जाने उल्लेख गर्दै उनी अहिले स्वास्थ्यकर्मीकै स्वास्थ्यमा खेलबाड भइरहेको बताउँछन्।

जनस्वास्थ्यविज्ञ डा. सरद वन्त भने अस्पताल ‘सिल’ गर्नु आवश्यकता नभइ बाध्यता भएको बताउँछन्। अरुमा संक्रमण फैलिन सक्ने जोखिमलाई मध्यनजर गरेर कन्ट्याक्ट ट्रेसिङ गर्न सम्बन्धित वार्डमा आवतजावत बन्द गर्ने गरिएको उनको भनाइ छ।

“त्यो बीचमा कोही पनि बाहिर नजाने, बाहिरका मानिस भित्र नआउने र भित्रकालाई सुरक्षितसाथ अर्को क्षेत्रमा सार्ने व्यवस्था हुन्थ्यो भने अस्पताल नै ‘सिल’ गर्नुपर्ने अवस्था हुने थिएन”, उनले भने।

अस्पताल नै ‘सिल’ गर्नुको साटो अस्पताललाई डिसइन्फेक्ट गर्नुपर्ने र स्वास्थ्यकर्मीदेखि अरु कर्मचारीलाई पीपीई प्रयोग गर्न दिइएमा यसको जोखिम कम हुने उनको भनाइ छ।

त्रिवि शिक्षण अस्पतालका कोभिड–१९ संयोजक डा. सन्तकुमार दासले भने क्रस इन्फेक्सन नहोस् भन्नका लागि अस्पतालको सम्बन्धित वार्ड मात्र ‘सिल’ गर्ने गरिएको बताए। त्यो वार्डमा भएका बिरामीलाई अर्को वार्डमा सारेर त्यो वार्ड डिसइन्फेक्ट गर्दासम्मका लागि मात्र ‘सिल’ गर्ने गरिएको उनी बताउँछन्।

“अरु बिरामीलाई संक्रमण नसरोस् भनेर हामी केही समयका लागि ‘सिल’ गर्छौं। ‘सिल’ नगरे मानिसहरूको आवतजावत नरोकिने हुँदा अरुलाई पनि इन्फेक्सन हुने सम्भावना बढी हुन्छ”, उनले भने।

स्वास्थ्य मन्त्रालयले भने अस्पताल ‘सिल’ गर्नेबारे कुनै कार्यविधि नबनाइएको जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मन्त्रालयको कुनै पनि कार्यविधिले अस्पताल ‘सिल’ गर्नुपर्छ नभनेको बताए।

“त्यो कुन निकायबाट कसरी भइरहेको छ भन्ने मलाई जानकारी भएन”, उनले भने, “सायद गृह मन्त्रालय वा स्थानीय संयन्त्रबाट भइरहेको हुनसक्छ। हाम्रो कुनै कार्यविधिले ‘सिल’ गर्नुपर्छ भनेको छैन।”

" /> काठमाडौं। आज चिकित्त्साशास्त्र अध्ययन संस्थानको महाराजगञ्जस्थित् मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टरमा उपचाररत मकवानपुरको हेटौंडानिवासी एक महिलामा कोरोना संक्रमण पुष्टि भयो। उनलाई कोरोना संक्रमण देखिएपछि सँगै रहेको त्रिवि शिक्षण अस्पतालको आइसोलेसन कक्षमा सारियो। र, त्यसपछि सेन्टर नै ‘सिल’ गरियो।

"> कोरोना संक्रमित देखिनेबित्तिकै किन गरिन्छ अस्पताल नै ‘सिल’?: Dekhapadhi
कोरोना संक्रमित देखिनेबित्तिकै किन गरिन्छ अस्पताल नै ‘सिल’?

प्रतिक्रिया दिनुहोस्