विश्व विजेता गोट्जेले डर्टमण्ड छाड्ने
काठमाडौं। जर्मनीका विश्वकप विजेता मारियो गोट्जेले जारी सिजन सकिएपछि बोरुसिया डर्टमण्ड छाड्ने क्लबका खेलकुद निर्देशक माइकल जोर्कले बताएका छन्।

जोर्कले गोट्जेसँग यस विषयमा पछिल्लो केही दिनयता व्यापक छलफल भएको र अर्को सिजन क्लब छाड्नेमा सहमत भएको बताएका छन्।

‘‘हामीले आपसी समझदारीमा यो निर्णय लिएका हौं। मलाई विश्वास छ यसले दुवै पक्षलाई फाइदा हुनेछ’’, जोर्कले भने।

२०१४ मा जर्मनीले विश्वकपको उपाधि जित्दा अर्जेन्टिनाविरुद्धको फाइनल खेलमा गोट्जेले निर्णायक गोल गरेका थिए। त्यससँगै उनलाई जर्मनीमा नायकको रूपमा चित्रित गरिएको थियो।

२७ वर्षे फरवार्ड गोट्जेले डर्टमण्डबाट २१८ खेल खेलिसकेका छन्। तर, जारी सिजन उनी लय भेट्टाउन संघर्ष गरिरहेका छन्।

उनले २०२० मा डर्टमण्डबाट सबै खालको प्रतियोगिता गरी जम्मा २० मिनेट खेलेका छन्।

उनले पाँच बुन्डेसलिगा उपाधि जितेका छन्। डर्टमण्डका प्रशिक्षक लुसियन फाभ्रेले क्लबले अहिले अँगालेको शैलीमा आक्रामक मिडफिल्ड फिट नहुने बताएको भोलिपल्ट खेलकुद निर्देशकले गोट्जेले अर्को सिजन क्लब छाड्ने बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्