रूपन्देही। बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराएका दश कोरोना संक्रमित आज डिस्चार्ज भएका छन्।
दुई हप्ता अगाडि कोरोना संक्रमण भएर अस्पतालको आइसोलेसनमा भर्ना भएका कपिलवस्तुका युवाहरू कोरोनामुक्त भएका बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा सुदर्शन थापाले बताए।
“उहाँहरूमा आत्मबल बलियो भएका कारण उपचारमा सहज भयो ”, थापाले भने। कोरोनामुक्त हुने व्यक्ति १६ देखि ४० वर्ष उमेर समूहका छन्।
भारतबाट लुकिछिपी आएका युवामा संक्रमण देखिएको थियो। संक्रमितको लगातार दुई कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। “कोरोनाबाट डराउनुपर्दैन। मनोबल उच्च राखे छिट्टै निको हुन्छ”, डा. थापाले भने, “ यसबाट बच्न घरमै रहनु नै उत्तम हुन्छ।”
बुटवलको कोरोना अस्पतालमा रूपन्देही र कपिलवस्तुका ३६ जनाले उपचार गराएकामा कपिलवस्तुका दश जना डिस्चार्ज भए पनि आजै थप सात जना संक्रमित भर्ना भएको डा. थापाले बताए।
यसअघि रूपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवक कोरोनामुक्त भएर घर फर्किएका थिए। ९ जेठमा बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जना कोरोना जितेर घर फर्किएका थिए।
मुख्यमन्त्रीले दिए बधाई
प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुटवलको प्रदेशस्तरीय कोराना विशेष अस्पतालबाट कोरोना भाइरस जितेर बिदा भएका युवालाई बधाई दिएका छन्।
“बधाई ! स्वास्थालाभ गर्नुहुने सबैलाई। अनि बधाई छ उपचारमा संलग्न चिकित्सक, स्वास्थकर्मी र व्यवस्थापक र अन्य सहयोगी सबैलाई”, सामाजिक सञ्जाल फेसबुकमार्फत मुख्यमन्त्रीले पोखरेलले भनेका छन्।
प्रदेशमा कोरोना भाइरस जित्नेहरूको कुल संख्या ३२ पुगेको जनाइएको छ। यसअघि सोही अस्पतालवाट एक र बाँकेको खजुरास्थित प्रदेशस्तरीय कोरोना विशेष अस्पतालवाट २१ जना स्वास्थलाभ गरी घर फर्किएका थिए। रासस
" /> रूपन्देही। बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराएका दश कोरोना संक्रमित आज डिस्चार्ज भएका छन्।दुई हप्ता अगाडि कोरोना संक्रमण भएर अस्पतालको आइसोलेसनमा भर्ना भएका कपिलवस्तुका युवाहरू कोरोनामुक्त भएका बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा सुदर्शन थापाले बताए।

">