काठमाडौं। बाँकेको नरैनापुर गाउँपालिकाले कोरोना संक्रमणको स्थिति नियन्त्रणभन्दा बाहिर जाने अवस्था देखिएको भन्दै चिकित्सक टोलीसहित थप सुरक्षाकर्मी परिचालन गरेर नियन्त्रण कार्यलाई अगाडि बढाउन माग गरेको छ।
गाउँपालिकाले आज जिल्ला प्रशासन कार्यालय बाँकेलाई पत्र लेख्दै यथासक्य पहल गर्न भनेको छ। प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले लेखेको पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, संघीय मामिला मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई पनि पठाइएको छ।
संक्रमित र निजका परिवारलाई केही व्यक्तिहरूले उक्साउने र कोरोना भाइरसबारे भ्रम सिर्जना गरी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई असहयोग गर्ने, मनोबल कमजोर पार्ने र संक्रमित भगाउने काम भइरहेको भन्दै गाउँपालिकाले ध्यानाकर्षण गराएको हो।
“यस्तो अवस्थामा क्वारेन्टाइनबाट समुदायस्तरसम्म संक्रमण फैलिने र स्थिति भयावह हुने सम्भावना देखिन्छ”, गाउँपालिकाले लेखेको पत्रमा भनिएको छ।
नरैनापुर गाउँपालिकामा मात्रै हालसम्म ११४ जना संक्रमित पुष्टि भइसकेका छन्। अहिलेसम्म भारतबाट आएका र क्वारेन्टाइनमा राखिएकाको मात्र स्वाब संकलन भइरहेको र अझै हुने क्रम जारी छ।
यहाँको समुदायमा कोरोना भाइरसबारे अन्धविश्वास कायमै रहेकाले समस्या भइरहेको गाउँपालिकाले जनाएको छ।
भारतबाट आउनेहरूमा महाराष्ट्र र दिल्लीका सबैभन्दा धेरै रहेको र अझै आउने क्रम जारी रहेको भन्दै गाउँपालिकाले उनीहरू संक्रमित भएरै आउने सम्भावना रहेकाले महामारी फैलिन नदिन उच्च सावधानी अपनाउने विषयमा तत्काल कदम चाल्न आग्रह गरेको हो।

" /> काठमाडौं। बाँकेको नरैनापुर गाउँपालिकाले कोरोना संक्रमणको स्थिति नियन्त्रणभन्दा बाहिर जाने अवस्था देखिएको भन्दै चिकित्सक टोलीसहित थप सुरक्षाकर्मी परिचालन गरेर नियन्त्रण कार्यलाई अगाडि बढाउन माग गरेको छ।

">