दुई किलो चिनीभित्र ९ लाख रूपैयाँ, एक भारतीय पक्राउ
सप्तरी। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-१४, कोशी बलारबाट स्राेत नखुलेकाे ९ लाख नेपाली रूपैयाँसहित आज साँझ एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको  सुपौल जिल्ला बथनाह गाउँ पञ्चायत वडा नं १७ बस्ने २८ वर्षीय फूलकुमार मेहता रहेको प्रहरी नायव उपरीक्षक तीलक भारतीले जानकारी दिए।

उनका अनुसार लकडाउनकाे उल्लंघन गर्दै भारतबाट नेपालतर्फ लुकीछिपी आउँदै गरेका मेहतालाई नेपालीरूपैयाँसहित पक्राउ गरिएको हाे।

शंका लागेर उनले बाेकेकाे हातमा झुण्ड्याउने नाइलनकाे झाेला जाँच गर्दा चिनीमा लुकाइ राखिएकाे अवस्थामा नेपाली रूपैयाँ फेला परेकाे हाे। प्रहरीका अनुसार मेहताले २ किलाे चिनी ल्याएकाे झाेलाभित्र साे रकम लुकाएर राखेका थिए।

उनीमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीकाे भनाइ छ। रासस

प्रतिक्रिया दिनुहोस्