काठमाडौं। नेपालमा रहेका अमेरिकी नागरिक र ग्रिनकार्ड भएका नेपालीलाई अमेरिकी दूतावासले ११ जेठमा स्वदेश लैजान लागेको छ।
अमेरिका फर्कन चाहनेहरूका लागि नेपालस्थित् अमेरिकी दूतावासले चार्डर्ट उडानको व्यवस्थापन गरेको हो।
अमेरिका जानेहरूको टिकट व्यवस्थापनको काम भने दरबारमार्गस्थित् प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सले गरेको छ।
अमेरिकी दूतावासले ३२० जना यात्रु लैजाने तयारी गरेको भए पनि अहिलेसम्म करीब ३०० जनाले टिकट लिएको प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सका सञ्चालन निर्देशक सिद्धार्थ विक्रम थापाले बताए।
अमेरिकी दूतावासले प्राथमिकता क्रम तोकेर अमेरिका फर्कन चाहनेहरूलाई लैजान लागेको छ। जसअनुसार, पहिलो प्राथमिकतामा अमेरिकी नागरिक, दोस्रोमा ग्रिनकार्ड पाएका व्यक्ति र तेस्रो प्राथमिकतामा अमेरिकाको भिषा लागेर रोकिएका नेपालीहरू छन्।
अमेरिकामा कोराना संक्रमणको डरलाग्दो अवस्था भए पनि भिषा लागेर रोकिएका केही नेपालीहरू भने त्यसको पर्वाह नगरी अमेरिका उड्न लागेका छन्।
अहिले टिकट लिएकामध्ये धेरैजसो अमेरिकी नागरिक र ग्रिनकार्ड भएका नेपाली रहेको थापाले बताए। केही भने अमेरिकाको भिषा लागेर रोकिएका नेपाली पनि अमेरिका जान लागेका छन्।
उनीहरूलाई लिन कतारको दोहाबाट कतार एअरवेजको जहाज ११ जेठको साँझ ६ः१० बजे काठमाडौं आइपुग्ने उडान तालिका तय भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरूले बताए।
यात्रुको बोर्डिङ पासको लागि भने दिउँसो २ बजेबाट नै विमानस्थलमा कतार एअरवेजको काउन्टर खोल्ने तयारी गरिएको छ। उक्त जहाज साँझ ७ः३० बजे त्रिभुवन विमानस्थलबाट कतारको दोहा प्रस्थान गर्नेछ।
" /> काठमाडौं। नेपालमा रहेका अमेरिकी नागरिक र ग्रिनकार्ड भएका नेपालीलाई अमेरिकी दूतावासले ११ जेठमा स्वदेश लैजान लागेको छ।अमेरिका फर्कन चाहनेहरूका लागि नेपालस्थित् अमेरिकी दूतावासले चार्डर्ट उडानको व्यवस्थापन गरेको हो।

">