इद उल फित्रका दिन घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको आग्रह
काठमाडौं। राष्ट्रिय मुस्लिम आयोगले इद उल फित्रका दिन घरमै बसेर नमाज पढ्न आग्रह गरेको  छ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले घरमै बसेर इदको नमाज पढ्न आग्रह गरेका हुन्।

रमजान महीनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईदु उल फित्रका दिन मस्जिदमा गई सामूहिक नमाज पढ्ने प्रचलन छ।

रमजानको शुरूको दिन पनि कोरोना भाइरस संक्रमणको जोखिमलाई ख्याल गर्दै इस्लाम धर्मावलम्बीहरूले घरमै बसेर नमाज पढेका थिए।

अन्सारीले ईदको नमाज पढेपछि छरछिमेकमा पुगी एकअर्कामा शुभकामना आदानप्रदान नगर्नसमेत आग्रह गरेका छन्।

उनका अनुसार देशको कुनै पनि ठाउँबाट आज चन्द्रमा देखिए भोलि, ११ जेठमा इदु उल फित्र मनाउने नभए १२ जेठमा मात्रै इदु उल फित्रको नमाज पढिनेछ।

प्रतिक्रिया दिनुहोस्