डाेल्पा। डोल्पाको शे-फोक्सुण्डो निकुञ्ज क्षेत्र भित्रबाट गस्ती टोलीले २० थान भरुवा बन्दुक र तीन थान घोरलको छाला बरामद् गरेको छ।

निकुञ्जबाट खटिएको गस्ती टोलीले त्रिपुरासुन्दरी नगरपालिकाका रुम र रसी तथा ठूलीभेरी नगरपालिकाका परिला र रह क्षेत्रबाट बेवारिसे अवस्थामा २० थान भरुवा बन्दुक, एक थान नाल र तीन थान घोरलको छाला बरामद् गरिएको निकुञ्जले जनाएको छ।

बरामद् गरिएका भरुवा बन्दुक र छाला निकुञ्ज कार्यालय सुलीगाडमा राखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए।

अवैध चोरी शिकारी रोक्नका लागि निकुञ्जले हातहतियार खोजी गर्ने अभियान सञ्चालन गरेपछि सो परिमाणको भरुवा बन्दुक र छाला बेवारिसेरूपमा फालिएको अवस्थामा बरामद् गरिएको बताइएको छ।

बेवारिसे अवस्थामा फेला परेका भरुवा बन्दुक कसका हुन्, कसले चोरी शिकारी गरेको छ भन्ने विषयमा अनुसन्धान भइरहेको निकुञ्जले जनाएको छ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण सर्वसाधारणलाई आफूसँग भएका हातहतियार बुझाउन ३५ दिने सूचनासमेत जारी गरिएको प्रमुख संरक्षण अधिकृत पौडेलले जानकारी दिए।

निकुञ्ज क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी, दुर्लभ वन्यजन्तुलगायत वन पैदावारको चोरी तस्करी रोक्नका लागि पछिल्लो समयमा निकुञ्ज सुरक्षार्थ बसेको ईश्वरी बक्स गुल्मका सेना र निकुञ्जका कर्मचारीले नियमित गस्ती गर्ने गरेका छन्।

चोरी तस्करीबाट जोगाउनका सेनालाई नियमित गस्ती भइरहेकाे गुल्मपति लेखनाथ कटुवालले बताए। १० दिनको अवधिमा ठूलो परिमाणमा भरुवा बन्दुक र संरक्षित वन्यजन्तुको छाला फेला पार्नु निकुञ्जका लागि ठूलो सफलता भएकाे उनकाे भनाइ छ।

मध्यवर्ती क्षेत्र विकास कार्यक्रम र विश्व वन्यजन्तु कोष नेपालको आर्थिक सहयोगमा निकुञ्जका १७ वटा मध्यवर्ती क्षेत्रका उपभोक्ता समितिमा समुदायमा आधारित चोरी शिकार नियन्त्रण उपसमिति गठन गरेको छ । शे–फोक्सुण्डो निकुञ्जमा दुर्लभ वन्यजन्तु हिँउ चितुवासमेत पाइने गर्छ। रासस

" /> डाेल्पा। डोल्पाको शे-फोक्सुण्डो निकुञ्ज क्षेत्र भित्रबाट गस्ती टोलीले २० थान भरुवा बन्दुक र तीन थान घोरलको छाला बरामद् गरेको छ।

"> डाेल्पामा २० थान भरुवा बन्दुक र घोरलको छाला बरामद्: Dekhapadhi
डाेल्पामा २० थान भरुवा बन्दुक र घोरलको छाला बरामद्

प्रतिक्रिया दिनुहोस्