माटाेकाे ढिस्कोले पुरिँदा कैलालीमा एकजनाको मृत्यु
कैलाली। माटोको ढिस्कोले पुरिएर कैलालीमा एकजनाको मृत्यु भएको छ।

बर्दगोरीया गाउँपालिका-३, बुटकौवाकी ३६ वर्षीया डम्मरा खत्रीको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

आज बिहान घर पोत्नका लागि माटो खन्ने क्रममा खसेको ढिस्कोले पुरिएर खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

उनका अनुसार माटोको ढिस्कोले पुरिएर १९ वर्षीया कल्पना खड्का र ९ वर्षीय सुनील ढुंगाना घाइते भएका छन्।

घाइते दुवैजनाको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्