कञ्चनपुरमा डुबेर बेपत्ता भएका युवककाे शव फेला
<p>कैलाली। नुहाउने क्रममा कञ्चनपुरस्थित महाकाली सिँचाइ नहरमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ।</p>
<p>बेपत्ता भएका भीमदत्त नगरपालिका-६ का २७ वर्षीय अशोक धामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले जानकारी दिए।</p>
<p>महेन्द्रनगर बसपार्कको उत्तरतर्फ नहरमा नुहाउँदै गरेका धामी डुबेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उनकाे नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खाेजी गरेका थिए।</p>
<p>अहिले धामीकाे शव पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्
