काठमाडाैं। गएको ४ जेठमा बाँकेको नरैनापुर गाउँपालिकामा क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भयो। पखाला चल्ने, बान्ता हुने, टाउको दुख्ने, ज्वरो आउने जस्ता समस्या देखिएपछि उनलाई अस्पताल लैजान एम्बुलेन्स खोजियो। तर, एम्बुलेन्स क्वारेन्टाइनस्थलमा पुग्न साढे दुई घण्टाभन्दा धेरै समय लाग्यो। समयमै एम्बुलेन्स नपाएर अस्पताल लैजान नसक्दा उनको ज्यान गयो।
सरकारले बनाएको कार्यविधिमा क्वारेन्टाइनमा २४ घण्टा नै एम्बुलेन्स र चिकित्सकीय सेवा हुनुपर्छ। नरैनापुरका कोरोना संक्रमितको मृत्यु हुँदासम्म पनि न एम्बुलेन्स समयमै पुग्न सक्यो, न चिकित्सकीय सेवा उपलब्ध हुन सक्यो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले गाउँपालिकाभित्र १३ ठाउँमा क्वारेन्टाइन निर्माण गरिएको बताए। तर, एम्बुलेन्स भने गाउँपालिकासँग एउटा मात्र छ। अर्को रेडक्रसको एम्बुलेन्स रहे पनि अरू बिरामीलाई बोक्ने कामका लागि बढी प्रयोग हुन्छ।
गाउँपालिकाले करीब ५० लाख रूपैयाँ कोरोना नियन्त्रण तथा व्यवस्थापनका लागि खर्च गरिसकेको छ। त्यसको ५० प्रतिशत अर्थात् २५ लाख भन्दा बढी राहत वितरणमै सकिएको छ। गाउँपालिकाले एक हजारभन्दा बढी परिवारलाई राहत वितरण गरेको खरालले बताए।
झापाको कचनकवल गाउँपालिकाको कथाव्यथा पनि यस्तै छ। चार ठाउँमा क्वारेन्टाइन निर्माण गरेको गाउँपालिकासँग दुईवटा मात्र एम्बुलेन्स छन्। त्यसमा एउटा गाउँपालिकाको र एउटा रेडक्रसको।
दुवै एम्बुलेन्स कोरोना संक्रमितभन्दा पनि अन्य खालका बिरामी बोक्नमा बढी प्रयोग भइरहेका छन्। गाउँपालिका अध्यक्ष अन्जरा आलमले क्वारेन्टाइनमा चौबीसै घण्टा एम्बुलेन्स तैनाथ गर्न सकिने अवस्था नरहेको बताए। अन्य बिरामीलाई पनि बोक्न प्रयोग गरिएको उल्लेख गर्दै उनले मापदण्डअनुसार एम्बुलेन्स एक ठाउँमै राखेर काम गर्न नसकिने बताए।

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा अहिले ३० वटा क्वारेन्टाइन छन्। मापदण्डअनुसार त्यहाँ ३० वटा एम्बुलेन्स हुनुपर्छ। तर, त्यसो गर्न सम्भव नै नरहेको नगर प्रमुख कर्णबहादुर हमाल बताउँछन्। “आफ्नै स्रोतसाधन प्रयोग गरेर क्वारेन्टाइन बनाउनुपर्ने, त्यसको व्यवस्थापन पनि आफैंले गर्नुपर्ने अनि सबै कुरा कसरी मापदण्ड अनुसार सञ्चालन गर्न सकिन्छ?”, प्रमुख हमालको प्रश्न छ।
समयमै क्वारेन्टाइनस्थलमा एम्बुलेन्सको व्यवस्थापन गर्न सकिएको भए बाँकेको नरैनापुरका युवाले ज्यान गुमाउने अवस्था नआउन सक्थ्यो। तर, कार्यविधिअनुसार सबैभन्दा महत्त्वपूर्ण मानिएको एम्बुलेन्सको व्यवस्था गर्न नसकिँदा बिरामीले समयमै उपचार नपाउने, झन् सास्ती खेप्नुपर्ने अवस्था आइरहेको जनस्वास्थ्यविद् डा. शरद वन्त बताउँछन्।
क्वारेन्टाइनस्थलमा सबभन्दा पहिला एम्बुलेन्स र स्वस्थ्यकर्मी अनिवार्य गरिनुपर्ने उनको जोड छ।
सरकारी अधिकारीहरू भने कार्यविधिमा उल्लेख भएजस्तो हुबहु लागू गर्न नसकिने बताउँछन्। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कार्यविधिमा क्वारेन्टाइनमा चौबीसै घण्टा एम्बुलेन्स उपलब्ध हुनुपर्ने उल्लेख भए पनि सबै ठाउँमा यो व्यवहारिक नहुने बताए। “सबै ठाउँमा यो लागू गर्न सकिँदैन। कुनै ठाउँमा त दुईतीन क्वारेन्टाइनका लागि एउटै एम्बुलेन्स पनि व्यवस्था गर्नुपर्ने हुन्छ”, उनले भने।
स्वास्थ्य मन्त्रालयको मापदण्डले शवलाई उनीहरूको धार्मिक परम्पराअनुसार सबै विधि पुर्याएर एम्बुलेन्स वा शववाहनको प्रयोग गरेर अन्त्येष्टिस्थलसम्म लैजानुपर्ने विधि तोकेको छ। अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु भएका तीनजनाकै शवको व्यवस्थापन गर्दा भने निकै लापरवाही देखियो।
शववाहनमा पनि उस्तै
स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्डमै कोरोना संक्रमितको ज्यान गएको खण्डमा जतिसक्दो चाँडो दाहसंस्कार गर्नुपर्ने भनिएको छ। तर, कोरोना संक्रमणबाट ज्यान गुमाएका तेस्रो व्यक्तिको भने ३० घण्टापछि मात्र अन्त्येष्टि गरियो। परिवारले स्वीकृति नदिँदा अन्त्येष्टिमा ढिलाइ भएको स्थानीय प्रशासनले जनाएको छ।
नरैनापुरका मृतक युवकलाई भने राप्ती नदीकिनारमा गाडियो। अस्पतालबाट उनलाई नदीकिनार लैजानको लागि न एम्बुलेन्स आयो न त शववाहन। उनकै अन्त्येष्टिका लागि खाडल खन्न प्रयोग गरिएको डोजरको बकेटमा राखेर उनको शव नदीकिनारमा पुर्याइएको थियो।
मन्त्रालयको मापदण्डले भने शवलाई उनीहरूको धार्मिक परम्पराअनुसार सबै विधि पुर्याएर एम्बुलेन्स वा शववाहनको प्रयोग गरेर अन्त्येष्टिस्थलसम्म लैजानुपर्ने विधि तोकेको छ। अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु भएका तीनजनाकै शवको व्यवस्थापन गर्दा भने निकै लापरवाही देखियो।
कोरोनाको संक्रमणबाट ज्यान गुमाएकी पहिलो मृतक महिलाको शव पशुपति आर्यघाटसम्म लैजान कुनै एम्बुलेन्स र शववाहन तयार नभएपछि विपद्को समयमा सक्रिय हुने गरेको भक्तपुरको ‘आरएनए–१६’ का युवाहरूले सेनासँगको समन्वयमा आफ्नो गाडीमा हालेर पशुपति आर्यघाटसम्म पुर्याएका थिए।
कसैले शव लैजान नमानेपछि आफूहरू तयार भएको ‘आरएनए-१६’ लिडर अरूण सैजुले बताए। सरकारी, निजी तथा विभिन्न संघसंस्थाका शववाहन जान तयार नभएपछि आफूहरू जोखिम मोलेर भए पनि जान तयार भएको सैजुको भनाइ छ।
यस्तो अवस्थामा सबैले मानवीयता देखाउनुपर्ने जनस्वास्थ्यविद् डा. वन्त बताउँछन्। “सरकारले यस्तो गरेन, उस्तो गरेन भनेर कराउनु वा दुःखेसो गर्नुभन्दा यो महाविपत्तिका बेला सबैले आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने हुन्छ”, उनले भने।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारीले शव व्यवस्थापन स्थानीय तहसँगको समन्वयमा भइरहेको बताए। उनले स्थानीय तहमा बनेको समितिले सबै व्यवस्थापन गर्नेगरी कार्यविधि बनेको भन्दै उनीहरूले त्यसको आवश्यक तयारी गर्नुपर्ने उल्लेख गरे।
" /> काठमाडाैं। गएको ४ जेठमा बाँकेको नरैनापुर गाउँपालिकामा क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भयो। पखाला चल्ने, बान्ता हुने, टाउको दुख्ने, ज्वरो आउने जस्ता समस्या देखिएपछि उनलाई अस्पताल लैजान एम्बुलेन्स खोजियो। तर, एम्बुलेन्स क्वारेन्टाइनस्थलमा पुग्न साढे दुई घण्टाभन्दा धेरै समय लाग्यो। समयमै एम्बुलेन्स नपाएर अस्पताल लैजान नसक्दा उनको ज्यान गयो।सरकारले बनाएको कार्यविधिमा क्वारेन्टाइनमा २४ घण्टा नै एम्बुलेन्स र चिकित्सकीय सेवा हुनुपर्छ। नरैनापुरका कोरोना संक्रमितको मृत्यु हुँदासम्म पनि न एम्बुलेन्स समयमै पुग्न सक्यो, न चिकित्सकीय सेवा उपलब्ध हुन सक्यो।

">