सुर्खेतका तीनजनामा कोरोना संक्रमण, कर्णालीमा संक्रमित ४ पुगे

काठमाडौं। सुर्खेतमा आज एकैपटक तीनजनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ४ पुगेको छ। यसअघि दैलेखका एक पुरुषमा संक्रमण देखिएको थियो।

सुर्खेतस्थित् प्रयोगशालामा ९ जेठमा गरिएको आरटीपीसीर परीक्षणमा तीजनामा संक्रमण देखिएपछि पुनः परीक्षणका लागि स्वाब नेपालगञ्ज पठाइएको थियो।

भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको ‘रिकन्फर्म टेस्ट’मा तीनै जनाको पोजिटिभ रिपोर्ट आएको कर्णाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. डम्बर खड्काले देखापढीलाई बताए।

यसमा २२ वर्षीया एक महिला र २५ तथा ३२ वर्षीय दुई पुरुष छन्। संक्रमित तीनैजना सुर्खेतका हुन् भने उनीहरू ८ जेठमा भारतबाट फर्किएका थिए। संक्रमितमध्ये दुई जना बराहताल गाउँपालिका र एकजना चौकुने गाउँपालिकाका हुन्।

संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूको प्रदेश अस्पताल, कालागाउँ सुर्खेतमा उपचार भइरहेको चिकित्सकहरूले बताएका छन्।

योसँगै नेपालमा संक्रमितको संख्या ५५१ पुगेको छ। यसमध्ये ७० जना कोरोनामुक्त भएका छन् भने तीन जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्