काठमाडौं। खाली रंगशालामा विजयी मानसिकता कायम राख्नका लागि खेलाडीले एकअर्कालाई उत्प्रेरित गर्न कडा मिहिनेत गर्नुपर्ने बायर्न म्युनिखका प्रशिक्षक हान्सी फ्लिकले बताएका छन्।
कोभिड-१९ महामारीका कारण स्थगित भएर पुनः शुरू भएकाे जर्मन बुन्डेसलिगामा बायर्नले आज पहिलोपटक घरेलु मैदान एलिनाज एरेनामा खेल्दैछ।
अघिल्लो खेलमा युनियन बर्लिनमाथि २-० को नतिजा निकालेको बायर्न लगातार आठौं उपाधि रक्षा गर्ने लक्ष्यमा छ। त्यसका लागि इन्ट्राचट फ्रायङ्फर्टलाई आतिथ्यता प्रदान गर्नेछ।
‘‘निर्णायक भनेको मानसिकता हो। मैदानमा टीमको क्षमता बलियो होला तर अहिलेको अवस्था सहज छैन’’, बायर्नका प्रशिक्षक फ्लिकले भने, ‘‘त्यसैले यो अवस्थामा खेलाडीले विजयी मानसिकता मैदानमा देखाउनुपर्छ। खाली रंगशाला भएका कारण खेलाडीले आफैंले एकअर्कालाई उत्प्रेरित गर्ने हो।’’
बर्लिन भ्रमणमा युनियन बर्लिनमाथि २-० नतिजा निकालेको बायर्न उच्च मनोबलमा छ। ठीक विपरीत फ्रायङ्फर्ट भने घरेलु मैदानमै बोरुसिया मोन्चेनग्लाडबचसँग ३-१ ले पराजित भएको थियो।
.jpg)
१२ खेलसम्म अपराजित रहेको बायर्न २६ खेलबाट ५८ अंकका साथ शीर्ष स्थानमा छ। एक खेल कम खेलेको फ्रायङ्फर्ट भने २८ अंकका साथ १३औं स्थानमा छ, जुन रेलिगेशन क्षेत्रको डुसेलडर्टभन्दा पाँच अंकले मात्र माथि हो। लिगामा फ्रायङ्फर्टले लगातार चार खेलमा जित निकाल्न सकेको छैन।
तथापि जारी सिजननै पहिलो खेलमा बायर्न फ्रायङ्फर्ट भ्रमणमा ५-१ ले पराजित भएका कारण आजको खेलमा सचेत हुनेछ।
‘‘फ्रायङ्फर्टको रक्षापंक्ति धेरै राम्रो छ। बल आफ्नो पक्षमा नहुँदा पनि उनीहरूले राम्रो खेलिरहेका हुन्छन्’’, बायर्नका प्रशिक्षक फ्लिकले भने, ‘‘तर पछिल्लो समय हामीले पाएको सफलतालाई खेलाडीले निरन्तरता दिनेमा म विश्वस्त छु। तथापि हामी सावधानीपूर्वक खेल्नु आवश्यक छ। किनकि यो फरक खेल हो।’’
चोटका कारण निकलस सुले, कोरेनटिन टोलिसो र फिलिप कौटिन्हो आजको खेलमा नहुने निश्चित छ। त्यसका साथै थिएगो एलकान्टारा र सर्ज गनाबेरी पनि खेल्नेमा शंका छ।
‘‘गनाबेरी अलि ठिक भएका छन्। थिएगो भने पर्ख र हेरको अवस्थामा छन्। आशा गरौं दुवै टीममा उपलब्ध हुनेछन्’’, प्रशिक्षक फ्लिकले भने।
.jpg)
फ्रायङ्फर्टका मिडफिल्डर डोमिनिक कोहर पाँच पहेँलो कार्डका कारण निलम्बनमा छन्। फरवार्ड गोनकालो पासिएनसिए चोटका कारण उपलब्ध हुने छैनन्। कप्तान डेभिड अब्राहमको अवस्था पनि शंकास्पद छ।
‘‘यो कठिन अवे खेलमध्येको एक हो। हामी शीर्ष स्थानको उच्चस्तरीय टीमविरुद्ध खेल्दैछौं। त्यसैले हामीलाई गल्ती गर्ने छुट छैन। राम्रो प्रदर्शन गरेनौं भने म्युनिखमा हामीलाई धेरै गाह्रो पर्नेछ।’’ फ्रायङ्फर्टका प्रशिक्षक एडी हुटरले भने।
बायर्नलाई उपाधि होडमा दबाब दिइरहेको बोरुसिया डर्टमण्डले पनि आ उल्फसबर्गविरुद्ध प्रतिस्पर्धा गर्दैछ। अघिल्लो खेलमा शहरी प्रतिद्वन्द्वी साल्केविरुद्ध घरेलु मैदानमा ४-० को सानदार विजय हासिल गरेको डर्टमण्डको मनोबल पनि उच्च छ। उल्फसबर्गले पनि औसवर्ग भ्रमणमा २-१ को विजयी नतिजा निकालेको थियो।
विगतको नतिजा हेर्ने हो डर्टमण्डको पक्षमा छ। डर्टमण्डले पछिल्लो २१ मध्ये १४ खेल जितेको छ भने तीन खेल बराबरी खेलेको छ। उल्फसबर्गले चार खेल मात्र आफ्नो पक्षमा पार्न सफल भएको छ।
५४ अंकको डर्टमण्डका शीर्ष क्लब बायर्नभन्दा चार अंकले पछि छ। उल्फसबर्ग ३९ अंकका साथ छैटौं स्थानमा छ।
आजका खेलहरूः
उल्फसबर्गविरुद्ध बोरुसिया डर्टमण्ड
पाडरबर्नविरुद्ध होफिनहेइम
फ्रेइबर्गविरुद्ध बेर्डर ब्रेमन
बोरुसिया मोन्चेनग्लाडबचविरुद्ध बायर लेभरकुसेन
बायर्न म्युनिखविरुद्ध इन्ट्राचट फ्रायङ्फर्ट
" /> काठमाडौं। खाली रंगशालामा विजयी मानसिकता कायम राख्नका लागि खेलाडीले एकअर्कालाई उत्प्रेरित गर्न कडा मिहिनेत गर्नुपर्ने बायर्न म्युनिखका प्रशिक्षक हान्सी फ्लिकले बताएका छन्।कोभिड-१९ महामारीका कारण स्थगित भएर पुनः शुरू भएकाे जर्मन बुन्डेसलिगामा बायर्नले आज पहिलोपटक घरेलु मैदान एलिनाज एरेनामा खेल्दैछ।

">