मानव अधिकार आयोगका पूर्वसदस्य सिंहकाे निधन

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य सुशीला सिंह ‘शिलु’को निधन भएकाे छ।

उनकाे हिजो, ९ जेठमा निधन भएको हाे।

सिंहकाे सम्मान र सम्झनामा आयोगले केन्द्रीय कार्यालयमा तीनदिनसम्म आयोगको झण्डा आधा झुकाउने भएको छ।

साथै उनको तस्वीरसहित १३ दिनसम्म शोकपुस्तिका राख्ने र सिंहको निधन भएको १३औं दिनमा आयोगका सबै कार्यालयहरूमार्फत् श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय गरिएकाे छ।

आयोगले सिंहका शोकसन्तप्त परिवारजनप्रति समवेदनासमेत प्रकट गरेको छ।

सिंह १३ जेठ २०६२ देखि २५ असार २०६३ सम्म आयोगको सदस्य भएर काम गरेका थिए।

प्रतिक्रिया दिनुहोस्