दुर्घटनामा घाइते भएपछि राजधानी अस्पतालमा उपचार गराइरहेका छन् सर्लाहीका संक्रमित

काठमाडौं। सर्लाहीको कबिलासी नगरपालिकाका संक्रमित सवारी दुर्घटनामा घाइते भएर उपचारका लागि काठमाडौं आएका थिए।

उनको बल्खुस्थित राजधानी अस्पतालमा उपचार भइरहेको छ। उनी दुर्घटना घाइते भएकाले सर्लाहीबाट एम्बुलेन्समा काठमाडौं आएका थिए।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले दुर्घटनामा घाइते भएपछि राजधानी अस्पतलामा उपचार भइरहेको देखिएको बताए।

अस्पताल प्रशासनले उपचाररत बिरामीमा कोरानाको संक्रमण देखिएको मौखिक जानकारी आए पनि औपचारिक पत्र नआइसकेको जनाएको छ।

मौखिक जानकारी आएपछि अस्पताल प्रशासनले सुरक्षा सतर्कता अपनाएको छ। अस्पतालमा उपचार गर्न तराईको जिल्लाबाट आएपछि उनको नमूना परीक्षणका लागि पठाइएको थियो।

आज बिहान आएको परीक्षण रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। उनी भारतबाटै सर्लाही आइपुगेका थिए।

प्रतिक्रिया दिनुहोस्