दिल्लीमा क्यान्सरको उपचार गरेर फर्किएका एकै परिवारका ३ जनामा कोरोना संक्रमण
काठमाडौं। चितवनको भरतपुर महानगर ६ मा आज बिहानै एकजना नयाँ कोरोना संक्रमित थपिए। भरतपुर ६ केसरबाघका ५२ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको हो। भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा उनमा कोरोनो पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको थियो।

यसअघि हिजो पनि केसरबाघका दुईजनामा कोरोना संक्रमणको देखिएको थियो। ७४ वर्षीय वृद्ध र ७३ वर्षीया वृद्धामा कोरोना संक्रमण देखिएको थियो। दुवैजना श्रीमान-श्रीमती हुन्।

आज पोजिटिभ देखिएका व्यक्ति उनीहरूकै छोरा रहेको भरतपुर महानगर स्वास्थ्य महाशाखा प्रमुख दीपक सुवेदीले जानकारी दिए। भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराएर ३ जेठमा उनीहरू घर फर्किएका थिए।

वृद्धमा फोक्सोको समस्यादेखिएपछि श्रीमती र छोरासहित तीनैजना उपचारका लागि दिल्ली गएका थिए। नेपाल फर्किएदेखि तीनैजना अलग्गै फ्ल्याटमा बस्दै आएका छन् । उनीहरुलाई कान्छा छोरा-बुहारीले खाना खुवाउँदै आएका थिए। श्रीमान-श्रीमतीलाई हिजो नै कोरोना पोजिटिभ देखिएको थियो भने छोराको रिपोर्ट आउन बाँकी थियो।

संक्रमित दुवैजनालाई भरतपुरको कोरोना विशेष अस्थायी अस्पतालमा राखिएको थियो। तर, स्वास फेर्न समस्या भएपछि हिजो राति ९ बजे भरतपुर अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए।

"अवस्था सामान्य छ। फोक्सोमा संक्रमण र वृद्ध भएकाले उपचारमा कुनै समस्या नहोस् भनेर हिजो राति भरतपुर अस्पतालमा ल्याएका छौं। छोरा भने कोरोना विशेष अस्पतालमै हुनुहुन्छ," डा.तिवारीले भने।

उनीहरू कृष्णनगर नाकासम्म भारतीय एम्बुलेन्समा आएका थिए। त्यहाँबाट भरतपुरकै एम्बुलेन्समा घरसम्म आएका थिए।

प्रतिक्रिया दिनुहोस्