अमेरिकाले परीक्षण गर्‍यो मध्यरातमा जहाज खसाउन सक्ने ‘लेजर विपन’ <p>हङकङ। अमेरिकी जलसेनाको एक युद्धपोतबाट मध्यरातमा पनि जहाज खसाउन सकिने &lsquo;लेजर विपन&rsquo;को परीक्षण गरिएको छ।</p> <p>अमेरिकी सेनाको प्यासिफिक फ्लिटले सार्वजनिक गरेको भिडिओमा युद्धपोतबाट लेजर विपनको प्रहारमार्फत आकाशमा उडिरहेको कुनै वस्तु ध्वस्त भएको देखिन्छ।</p> <p>ड्रोन, जहाजलगायतबाट मध्यरातमा हुन सक्ने आक्रमणबाट बच्&zwj;न उक्त प्रविधि विकास गरिएको अमेरिकी सेनाको भनाइ छ।</p> <p>उक्त परीक्षणको स्थान अमेरिकी जलसेनाले स्पष्ट खुलाएको छैन। प्रशान्त महासागरमा १६ मेमा परीक्षण गरिएको मात्र बताएको छ।</p>
प्रतिक्रिया दिनुहोस्