मेडिकल कलेजलाई प्रदेश सरकारको चेतावनी- ‘स्वास्थ्यकर्मी नदिए वा अस्पतालमा संक्रमितको उपचार नगरे कारवाही'
<p>काठमाडौं। प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेसलाई कोरोना संक्रमित बिरामीको उपचार गर्न स्वास्थ्यकर्मी उपलब्ध गराउन आग्रह गरेको छ।</p>
<p>यसअघि ५ जेठमा पत्र पठाएर जनशक्ति उपलब्ध गराउन भनिएकोमा मेडिकल कलेजले उपलब्ध नगराएपछि मन्त्रालयले पुनः पत्र पठाएर चेतावनी दिएको हो। </p>
<p>वरिष्ठ स्वास्थ्य प्रशासक उमाशंकरप्रसाद चौधरीले पठाएको पत्रमा तोकिएको जनशक्ति उपलब्ध गराउन वा तोकिएको आइसोलेसन बेडमा संक्रमित विरामी राख्‍न भनिएको छ। <br />
कोभिड १९ को व्यवस्थापनमा स्वास्थ्यका सबै निकायले आफ्नो क्षमताअनुसार एकीकृत रूपमा जुट्नुपर्ने आवश्यकता औंल्याइएको उक्त पत्रमा भनिएको छ- ‘अन्यथा यस महामारीको समयमा कोही कसैले असहयोग गरेमा गरेमा प्रचलित कानूनअनुसार कारवाहीको प्रक्रिया अगाडि बढाउने व्यहोरासमेत जानकारी गराइन्छ।’</p>
प्रतिक्रिया दिनुहोस्
