बारामा श्रीमानबाट श्रीमतीमा सर्‍यो कोरोना संक्रमण <p>काठमाडौं । बाराको करैयामाई गाउँपालिकाकी ३७ वर्षीया कोरोना संक्रमित महिलालाई उनका श्रीमानबाटै सरेको हुनसक्ने देखिएको छ ।&nbsp;</p> <p>करैयामाई गाउँपालिका ५ मा यसअघि ४ जेठमा ३८ वर्षीय उनका श्रीमानलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । उनका श्रीमान पत्रकार हुन् । उनी अदालतको मुद्दा फाँटमा गइरहन्थे ।</p> <p>त्यहींबाट संक्रमित भएको हुनसक्ने देखिएको करैयामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र महतोले देखापढीलाई जानकारी दिए ।</p> <p>४ जेठमा ३८ वर्षीय पत्रकारलाई कोरोना संक्रमण देखिएपछि उनका दुई छोरा, दुई छोरी र श्रीमतीलाई क्&zwj;वारेन्टाइनमा राखिएको थियो । ६ जेठमा उनीहरूको स्वाब संकलन गरेर काठमाडौं पठाइएको थियो । उनका दुई छोरा र दुई छोरीमा संक्रमण देखिएको छैन ।</p>
प्रतिक्रिया दिनुहोस्