‘‘खेलाडीहरू इच्छुक छन् कि छैनन् भनेर क्लबहरू पहिलेदेखि उनीहरूसँग सम्पर्क गर्ने प्रयास गरिरहेका छन्,’’ युरोपियन फुटबल विज्ञ क्रिष्टोफ टेरेरले बीबीसी रेडियो-५ सँगको कुराकानीमा भनेका छन्, ‘‘मलाई लाग्छ यो ट्रान्सफर विन्डो केहीका लागि निःशुल्क हुनसक्छ। म्यानचेस्टर युनाइटेडका कार्यकारी प्रमुख एड वुडवर्डको भनाइलाई उदाहरण मान्ने हो भने यस सिजन क्लबहरू धेरै रकम खर्च गर्ने योजनामा छैनन्।’’
सन् २०१२ मा आयाक्सबाट टोटेनह्याममा अनुबन्ध भइसकेपछि बेल्जियमका रक्षक जान भर्टोनहेनले टोटेनह्यामबाट तीन सयभन्दा धेरै खेल खेलिसकेका छन्। ३३ वर्षे भर्टोनहेनको यसै वर्ष क्लबसँगको सम्झौता समाप्त हुँदैछ। त्यस्तै पेरिस सेन्ट जर्मेन (पीएसजी) का थोमस मेउनियरको पनि सिजन समाप्तिसँगै सम्झौता समाप्त हुँदैछ।
टेरेर भन्छन्, ‘‘मेउनियरको सम्झौता सकिँदैछ र उनलाई टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले फोन गरिसकेका छन्। यस्ता खेलाडीहरूको माग धेरै हुनसक्छ। भर्टोनहेनले पनि टोटेनह्याम नबस्ने बताइसकेका छन्। उनले आफूले नयाँ भाषा सिक्न चाहेको बताएका छन्। त्यसैले उनी इटली वा स्पेन जान सक्ने सम्भावना छ। यस्ता खेलाडीहरूको माग धेरै हुनसक्ने सम्भावना छ।’’
त्यस्तै चेल्सीमा ब्राजिलियन विंगर विलियानको पनि सिजन समाप्तिसँगै क्लबसँगको सम्झौता समाप्त हुँदैछ। बोरुसिया डर्टमन्डमा मारियो गोट्जे, पीएसजीमै इडिसन काभानी, लेभिन कुर्जवा, म्यानचेस्टर सिटीका डेबिड सिल्भा, लिभरपुलका लालाना, युभेन्टसका चिलिनी, नेपोलीका द्रिइस मार्टेन्सजस्ता खेलाडीको क्लबसँगको सम्झौता यसै वर्ष समाप्त हुँदैछ।
फिफाको योजना
कोभिड-१९ का कारण २०१९-२० सिजन समाप्त हुने मिति पछाडि धकेलियो भने कतिपय खेलाडीहरूको क्लबसँगको सम्झौता बीचमै सकिनेछ। यस्तो अवस्थामा ऋणमा सम्झौता भएका तथा अर्को क्लबसँग सम्झौता भएका खेलाडीहरू के गर्ने भन्ने अन्योल बढेको छ।
त्यसैले विश्व फुटबलको सर्वोच्च निकाय फिफाले असाधारण परिस्थिति भएका कारण खेलाडीको सम्झौता सिजन सकिने नयाँ मितिसम्म कायम रहने र नयाँ सम्झौताका लागि नयाँ सिजन शुरू हुने मितिसम्म समय सीमा रहने प्रस्ताव अगाडि सारेको छ। फिफाको प्रस्तावअनुसार ऋणमा गएका खेलाडीहरूले पनि सिजन अन्त्यसम्म सोही क्लबमा बस्नुपर्ने छ।
ठूलो रकम खर्च नहुने
युनाइटेडका कार्यकारी प्रमुख वुडवार्डले कोभिड-१९ महामारीले पारेको वित्तीय असरका कारण क्लबहरूले नयाँ खेलाडी अनुबन्ध गर्न करौडौं डलर खर्च नगर्ने बताएका थिए। उनले यसपटक क्लबहरूका लागि चुनौतीपूर्ण हुने बताएका छन्।
‘‘हामीले ट्रान्सफर विन्डोसहित यस क्षेत्रमा परेको समग्र वित्तीय प्रभावको बारेमा अध्ययन गर्नुपर्छ। हामी सामान्य अवस्थामा जस्तो अहिले छैनौं,’’ उनले केही दिनअघि भनेका थिए, ‘‘त्यसकारण कुनै व्यक्तिगत खेलाडी ट्रान्सफरमा करोडौं रकमको अनुमान गरिएको छ, जसले वास्तविक अवस्थालाई बेवास्ता गरिरहेको छ।’’
युरोपका पाँच ठूला लिगसहित अहिले विश्वका प्रायः सबै फुटबल गतिविधि बीचमै रोकिएका छन्। च्याम्पियन्स लिग, युरोपा लिग पनि बीचमै स्थगित छन्। स्थगित भएका लिग कहिलेबाट शुरू हुने भन्ने अझै निश्चित भइसकेको छैन। इटालियन सिरी ‘ए’ तथा जर्मन बुन्डेसलिगा मे महीनामै शुरू गर्ने तयारी गरे पनि अन्य लिगको अझै टुंगो छैन।
लिग बीचमै समाप्त हुने हो वा सिजन टुंग्याउने हो भन्नेमा पनि कतिपय लिग दोधारमै छन्। नेदरल्यान्ड्स र बेल्जियमको लिग बीचमै रद्द भएका छन्।
शुरू भए पनि दर्शकसहित हुने वा खाली रंगशालामा हुने भन्ने बहस अझै जारी छ। खाली रंगशालामा गर्दा क्लबहरूले टिकटबाट कमाउने आम्दानीमा ह्रास आउछ। साथै क्लबहरूको टेलिभिजन ब्रोडकास्टबाट हुने आम्दानी घट्ने छ।
जारी सिजन सकिएन भने प्रिमियर लिग क्लबहरूले मात्रै ९६ करोड पाउन्ड गुमाउने अनुमान गरिएको छ। कतिपय क्लबलहरूले खेलाडीको तलब रकममा कटौती गरिसकेका छन्। त्यसकारण पनि यस पटक ठूला रकममा खेलाडी ट्रान्सफर नहुने संकेत देखिएको छ।
एक महिनाअघि सार्वजनिक भएको एक अध्ययनले पनि युरोपका पाँच ठूला लिग (इङ्ल्यान्ड, स्पेन, जर्मनी, इटली र फ्रान्स) मा यसपटक खेलाडी ट्रान्सफर रकममा २८ प्रतिशतले गिरावट हुने बताइएको छ। स्विट्जरल्यान्डमा आधारित भएर काम गर्ने इन्टरनेशनल सेन्टर फर स्पोटर््स स्टडिजले गरेका अध्ययनअनुसार ३२ अर्ब ७० करोड युरोबाट झरेर २३ अर्ब ४० करोड युरो हारहारीमा कारोबार हुने अनुमान गरिएको छ।
ठूलो रकमको चर्चा
जनवरी ट्रान्सफर विन्डोमै चर्चा कमाएका बोरूसिया डर्टमन्डका विंगर जडोन सान्चो यसपटक पनि १० करोड पाउन्डमा बिक्री हुने चर्चा छ। पछिल्लो समय उनलाई विशेषगरी इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड र चेल्सीले चासो राखेको समाचार बाहिरिएका छन्। त्यस्तै टोटेनह्यामका स्ट्राइकर ह्यारी केनलाई २० करोड पाउन्ड लगाउने अनुमान गरिएको छ।
म्यानचेस्टरले सान्चोलाई भित्र्याउनका लागि पाउल पोग्बा तथा जेसे लिङगार्डलाई बेच्ने तयारी गरेको चर्चा छ। बार्सिलोनाले कीर्तिमानी रकममा अनुबन्ध गरेका २७ वर्षे फिलिपे कौटिन्हो र २२ वर्षे औसमान डेम्बेले सट्टापट्टा गर्ने योजनामा छ। कौटिन्होलाई चेल्सीले चासो देखाएको बताइएको छ।
आर्सनलले एट्लेटिको मड्रिडका मिडफिल्डर थोमस पार्टेलाई ४ करोड ३० लाख पाउन्ड प्रस्ताव गरेको चर्चा छ। सबभन्दा महँगो रकममा बार्सिलोनाबाट पीएसजी गएका ब्राजिलियन फरवार्ड नेइमार पुनः बार्सिलोना आउने चर्चा छ। नेइमारमाथि रियल मड्रिडले पनि चासो देखाएको छ। रियलले ह्यारी केनमा पनि आँखा लगाएको छ। केन आफैंले पनि स्पेन जाने संकेत दिएका छन्। उनले यसअघि अब टोटेनह्याम नबस्ने तथा आफू नयाँ भाषा सिक्न लागेको बताएका थिए।
बार्सिलोना र रियलमा पनि समस्या
बार्सिलोना यतिबेला इन्टर मिलानका २२ वर्षे फरवार्ड लाउटारो मार्टिनेजलाई भित्राउने प्रयासमा छ। मार्टिनेजको ‘रिलिज क्लज’ ९ करोड ७० लाख पाउन्ड छ। बार्सिलोनाको तुलनामा रियल मड्रिड यस सिजन धेरै उत्साहित नहुन सक्छ।
रियलले गत वर्ष इडेन हाजार्डसित नयाँ खेलाडीका लागि ३० करोड पाउन्ड खर्च गरेको थियो। अर्को सिजन पुनर्संरचना गरिएको रंगशाला खुला गर्न नसक्दा दुवै क्लबले १२ करोड गुमाउने छन्। त्यसबाहेक टेलिभिजन ब्रोडकास्ट, टिकट रकम तथा अन्य स्रोतबाट हुने घाटा त आफ्नै ठाउँमा छ।
यसपटक ऋणमा धेरै खेलाडी सरूवा हुनसक्ने सम्भावना पनि छ। अथवा खेलाडी साट्ने सम्भावना पनि उत्तिकै रहन्छ। बार्सिलोनाले मार्टिनेज ल्याउने नै हो भने इभान राकेटिच, अर्थर, नेल्सन सेमेडो, सामुउल उम्टिटी पाएको खण्डमा इन्टर मिलान पनि खुशी हुनसक्छ।
" />

">