बिहानै ३२ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ५४८ पुग्यो

काठमाडौ। नेपालमा आज थप ३२ नयाँ संक्रमण पुष्टि भएको छ।

कपिलवस्तुमा ८, सर्लाहीमा १३, बारामा १, काठमाडौंमा १, रुपन्देहीमा १ र चितवनमा १ गरेर ३२ नयाँ संक्रमण पुष्टि भएको हो। योसहित नेपालमा संक्रमितको संख्या ५४८ पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तुको बाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षीय पुरुष र २७ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै सर्लाहीको गोडैता कविलासी नगरपालिकामा १८, २० वर्षीय तीनजना, २१, २२, २३, २६ वर्षीय दुईजना, २८, ३३ र ३५ वर्षीय दुईजना पुरुषमा संक्रमण देखिएको छ।

बाराको करैयामाइ गाउँपालिकामा ३७ वर्षीया महिला र काठमाडौंमा ३५ वर्षीय पुरुषमा संक्रमण देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा २० वर्षीय दुईजना, २४ वर्षीय दुईजना, २७ वर्षीय, ३० वर्षीय दुईजना र ५० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ५२ वर्षीय पुरुषमा संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्