चर्च तत्काल खोलौं, प्रार्थनाको आवश्यकता छः ट्रम्प
<p>वासिङ्टन। अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पले उपासना स्थलहरू तत्काल खोल्न निर्देशन दिएका छन्। </p>
<p>“अमेरिकामा प्रार्थनाको धेरै आवश्यकता छ, कम होइन,” ट्रम्पले भने। प्रान्तका गभर्नरहरूको आलोचना गर्दै ट्रम्पले मदिरा पसल र गर्भपतनका क्लिनिकहरू खोलेर उपासना स्थलहरू बन्द राखिएको बताए।</p>
<p>सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले जारी गरको ६० पृष्‍ठको गाइडलाइनमा उपासना स्थलहरू खोल्ने विषय नसमेटिएपछि राष्‍ट्रपति ट्रम्पको अभिव्यक्ति आएको हो। </p>
<p>बीबीसीका अनुसार उनको अभिव्यक्तिपछि राज्यका गभर्नरहरू चर्चलगायत धार्मिक स्थलहरू खोल्नुपर्ने दबाबमा परेका छन्। आफ्नो आदेश नमान्‍ने गभर्नरको नेतृत्व रहेका राज्यमा उनले केन्द्रीय सरकारको सहायता बन्द गर्न सक्ने छन्।</p>
प्रतिक्रिया दिनुहोस्
