न्युयोर्कमा कोभिड-१९ का बिरामीलाई असुरक्षित नर्सिङ होममा पठाइएको खुलासा
न्युयोर्क। एपी न्युजको एक अनुसन्धानअनुसार न्युयोर्कमा कोभिड-१९ का ठूलो संख्याका बिरामीलाई असुरक्षित अस्पतालमा पठाइएको पाइएको छ।

करिब चार हजार तीन सय बिरामीलाई शुरुमै असुरक्षित अस्पतालमा पठाइएका कारण मृत्यु भएको उक्त अनुसन्धानबाट खुलासा भएको छ।

कोरोना भाइरसको संक्रमणमा परेका बिरामीले उपचारका लागि शय्या पाऊन् भन्ने उद्देश्यले नर्सिङ होमको स्तर विचार नगरी पठाइएको पाइएको एपी न्युजले जनाएको छ।

न्युयोर्क सरकार अहिले सोही निर्णयका कारण आलोचनामा परेको छ।

“हाम्रो समाजका सबैभन्दा कमजोर सदस्यको जिन्दगी सुरक्षित राख्न राज्यले सकेन,” वालस्ट्रिट जर्नलमा गत साता डेमोक्रेटिक नेता रोन किमले भनेका थिए, “कोभिड-१९ का बिरामीलाई उपचारका लागि यस्ता ठाउँमा पठाइयो, जहाँ उनीहरूको उपचारका लागि राम्रो सुविधा थिएन। यो घातक निर्णय थियो।”

त्यसयता एपी न्युजले अनुसन्धान थालेको थियो, जसबाट धेरै बिरामीको मृत्यु असुरक्षित नर्सिङ होममा भएको खुलेको हो।

हिजोसम्ममा न्युयोर्क राज्यमा २३ हजार तीन सयभन्दा बढीले कोभिड-१९ का कारण ज्यान गुमाइसकेका छन्। कुल संक्रमित संख्या करिब तीन लाख ६० हजार पुगिसकेको छ।

प्रतिक्रिया दिनुहोस्