संक्रमित महिलामध्ये आधाभन्दा बढीले शल्यक्रियामार्फत शिशुलाई जन्म दिएका छन्। नवजात शिशुमध्ये ६५ बालक र ५९ बालिका छन्।
गर्भवतीहरूका लागि अस्पतालमा ४० वटा अलग्गै विशेष शय्या तयार पारिएको छ। ६५ जना चिकित्सक र २४ जना नर्सलाई उनीहरूको उपचारमा खटाइएको छ।
कोरोना भाइरसको संक्रमण बढ्ने क्रमसँगै गर्भवतीका लागि ३४ वटा थप शय्या तयार पार्दैछ, अस्पतालले। तीनवटा अपरेसन थिएटर गर्भवतीका लागि छुट्याइएको छ।
डेलिभरीका दौरान चिकित्सक र नर्सले पीपीई पहिरिन्छन्। “अधिकांश गर्भवतीमा संक्रमणको लक्षण देखिएको थिएन,” अस्पतालको प्रसुती विभाग प्रमुख डा. अरुण नायक भन्छन्, “केहीलाई ज्वरो आएको थियो, केहीलाई सास फेर्न समस्या भइरहेको थियो। डेलिभरी र थप उपचारपछि उनीहरू घर फिरेका छन्।”
उनीहरूलाई हाइड्रोक्सिक्लारोक्वाइन दिइएको थियो। एक साता विशेष वार्डमा राखेर उपचार गरिएको थियो। त्यसपछि एक क्वारेन्टाइन सेन्टरमा राखियो। आमा र बच्चालाई अलग गरिएन। आमाहरूले आफ्ना शिशुलाई मास्क पहिरिएर दूध पिलाउँथे।
" />

">