डेनमार्कमा खुले सिनेमा, थिएटर र संग्रहालय
<p>कोपनहेगन। डेनमार्क सरकारले सिनेमाघर, थिएटर, संग्रहालय, आर्ट ग्यालरी र चिडियाखाना खुला गर्न अनुमति दिएको छ। ती सार्वजनिक स्थल खुला गर्न सरकारले केही गाइडलाइन सार्वजनिक गरेको छ।</p>
<p>गाइडलाइनअनुसार अधिकतम पाँच सय दर्शक हुनुपर्ने नियम लागू गरिएको छ। यस्तै, एउटापछि अर्को सीट खाली राख्नुपर्ने र एकै परिवारका दर्शकबाहेक अन्यको दूरी एक मिटर हुनुपर्ने नियम छ।</p>
<p>कलाकार र दर्शकबीचको दूरी दुई मिटर हुनुपर्ने नियम पनि लागू गरिएको छ। सिनेमाघर, थिएटर, संग्रहालय, आर्ट ग्यालरी र चिडियाखाना सबैका परिसरमा भौतिक दूरीलाई अनिवार्य गरिएको छ।</p>
<p>डेनमार्कमा हिजो एक जना पनि संक्रमित व्यक्ति भेटिएनन्। यो साता दोस्रोपटक नयाँ संक्रमितविहीन दिन थियो, हिजो।</p>
प्रतिक्रिया दिनुहोस्
