भारतबाट उद्धार गरिएका नेपालीलाई निःशुल्क खाना
कैलाली। भारतबाट उद्धार गरी नवदुर्गा मावि भन्सार रोडस्थित क्वारेन्टाइनमा रहेका नेपालीहरूका लागि धनगढीको एउटा संस्थाले खानाको जिम्मा लिएको छ।

रोयल कोलाबोरेटिभ्स प्रालि नामक सामाजिक संस्थाले आज क्वारेन्टाइनमा रहेका ५०० बढीलाई खाना खुवाएकाे हाे।

‘रोयल कोलाबोरेटिभ्स दानापानी’ अभियानअन्तर्गत खाना खुवाइएकाे साे संस्थाले जनाएकाे छ।

दैनिक ७०० जनालाई खाना खुवाउने प्रतिबद्धता गरेको प्रालि अध्यक्ष गजेन्द्र शाहीले बताए।

उनले धनगढीमै रहेको निसर्ग हस्पिटलले खाद्यान्नको व्यवस्थापन गरेको बताउँदै पकाउने र खुवाउने जिम्मेवारी आफूहरूले लिएको बताए।

अध्यक्ष शाहीका अनुसार यो अभियान निरन्तर चलिरहनेछ। यो अभियानमा जोडिन चाहने व्यक्ति र संस्थालाई सम्पर्क राख्न पनि उनले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्