एक थुनुवामा काेराेना संक्रमण देखिएपछि जिप्रका बैतडी ‘सिल’, थपियाे सुरक्षा चुनाैती
कैलाली। एक थुनुवामा काेराेना संक्रमण भएकाे पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय बैतडी सिल गरिएकाे छ। यससँगै बैतडीमा सुरक्षा चुनाैती थपिएकाे छ।

बैतडी सदरमुकाममा अब वडा प्रहरी र नगर प्रहरीले सुरक्षा दिनेछन्।

आवश्यकता हेरी अन्यत्रबाट पनि थप प्रहरी प्ररिचालन गर्न सकिने सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले बताए।

जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत कोरोना संक्रमितको सम्पर्कमा आएकाहरू सबैको भोलि थ्रोट स्वाब संकलन गरिने बताइएको छ।

कोरोना संक्रमितलाई भने जिल्ला अस्पताल बैतडीको आइसोलेसनमा राखिएको सुवेदीकाे भनाइ छ।

शिवनाथ गाउँपालिका-१ का २२ वर्षीय युवकमा कोरोना पोजिटिभ देखिएको हो। उनलाई प्रहरीले १५ वैशाखमा कर्तव्य ज्यानको मुद्दामा पक्राउ गरी हिरासतमा राखेको थियो।

ती युवक ६ चैतमा भारतबाट नेपाल आएका थिए।

प्रतिक्रिया दिनुहोस्