काठमाडौं। समरी जनरल सैनिक अदालतले महासेनानी भुपालमान अधिकारीलाई करीब दुई करोड जरिवानासहित पदबाट बर्खास्त गर्ने फैसला गरेको छ।

६ जेठमा गरिएको उक्त फैसला सैनिक अदालतले आज सुनाएको हो ।

सैनिक आवासीय महाविद्यालय भक्तपुरमा कार्यरत रहँदा अधिकारीले गैरकानूनीरूपमा आर्थिक उपार्जन गरेको ठहर गर्दै अदाललते एक करोड ८५ लाख ४० हजार १०८ रुपैयाँ असूल गरेर उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको हो।

सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित सैनिक आवासीय महविद्यालय, भक्तपुरमा आर्थिक अनियमितता भएको भन्ने सम्बन्धमा सत्यतथ्य छानबिन गर्न सहायक रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्डले २३ फागुन २०७६ मा दिएको रायसहितको प्रतिवेदनको आधारमा तत्कालीन सम्पर्क अधिकृत महासेनानी भुपालमान अधिकारीसहित १८ जनालाई मुद्दा लगाएको थियो।

त्यसपछि उक्त मुद्दाको पुर्पक्ष गर्न उपरथीको अध्यक्षतामा ६ चैत २०७६ मा गठन भएको समरी जनरल सैनिक अदालतले उक्त फैसला सुनाएको हो। फैसलाअनुसार महासेनानी अधिकारीलाई दुई महीना कैदसमेत हुनेछ।

त्यस्तै प्रमुख सेनानी देवबहादुर क्षेत्रीलाई दुई वर्ष बढुवा रोक्का गर्ने र उनीबाट ४० लाख रूपैयाँ असुल गर्ने पनि अदालतले फैसला गरेको छ।

त्यस्तै हुद्धा यज्ञराज पोखरेलले आर्थिक अनियमितता गरी सैनिक ऐनबमोजिमको कसूरमा दोषी ठहर भएको भन्दै उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाउने र उनीबाट तीन लाख ६० हजार रूपैयाँ असूल गर्ने पनि फैसला भएको छ ।

त्यस्तै अदालतले हुद्धा गणेशबहादुर अधिकारीलाई पनि आर्थिक अनियमितताको कसुरमा दोषी ठहराउँदै दुई वर्ष तलब वृद्धि (ग्रेड) रोक्का गर्ने र उनले हिनामिना गरेको १० हजार रूपैयाँ असुल गर्ने फैसला गरेको छ।

त्यस्तै सह-सेनानी सुरेन्द्रविक्रम भण्डारीले आर्थिक कार्यहरू गर्दा कानूनी प्रक्रिया अवलम्बन नगरी/नगराई कसूर गरेको भन्दै सैनिक ऐनबमोजिम नसिहत दिने फैसला गरेको छ।

अभियोग लागेका १८ जनामध्ये अन्य १३ जनालाई भने अदालतले सफाइ दिएको छ।

जंगीअड्डाले आज एक प्रेस विज्ञप्ति जारी गरी नेपाली सेनाले पद्धति र प्रणालीमा आधारित संगठन सञ्चालनमा जोड दिँदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहिनताको अन्त्य गर्ने लक्ष्य लिएको बताएको छ।

उक्त लक्ष्यअनुसार अनुशासन र आचरणविपरीत कार्य गर्नेहरूलाई कारबाही गरिएको पनि जंगीअड्डाले स्पष्ट पारेको छ। ‘नेपाली सेनाले भ्रष्टाचारलाई उल्टाउने नीति अख्तियार गर्दै भविष्यमा समेत सैनिक अनुशासन र आचरण विरुद्धको क्रियाकलापमा शून्य सहनशीलताको नीति लिएको छ’, विज्ञप्तिमा छ।

" /> काठमाडौं। समरी जनरल सैनिक अदालतले महासेनानी भुपालमान अधिकारीलाई करीब दुई करोड जरिवानासहित पदबाट बर्खास्त गर्ने फैसला गरेको छ।

"> करीब दुई करोड अनियमितता गरेको कसूरमा महासेनानी बर्खास्त, दुई महीना कैद: Dekhapadhi
करीब दुई करोड अनियमितता गरेको कसूरमा महासेनानी बर्खास्त, दुई महीना कैद

प्रतिक्रिया दिनुहोस्