भक्तपुर, बारा, मकवानपुर र सप्तरीमा थपिए कोरोना संक्रमित

काठमाडौं। नेपालमा थप ९ जनामा संक्रमण थपिएको छ।

बारामा ६, भक्तपुरमा १, मकवानपुर १ र सप्तरीमा १ गरेर ९ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमितहरूमा मकवानपुर हेटौंडा-३ की ५४ वर्षीया महिला, भक्तपुर-९ की ४२ वर्षीया महिला छन्। उनीहरूको परीक्षण टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो।

त्यस्तै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा गरिएको परीक्षणमा सप्तरी बलान-बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुषमा पोजिटिभ देखिएको छ।

हेटौंडा किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा बारा सिमरगढ नगरपालिकाका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले नयाँ थपिएका सहित कूल ५१६ जना संक्रमित भएको जनाएको छ।

आजै बेलुका रुपन्देहीमा ७ जना थपिएका थिए। त्यो विवरण भने मन्त्रालयले अद्यावधिक गरिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्