काठमाडाैं र ललितपुरमा रगतको अभाव
काठमाडाैं। काठमाडौं र ललितपुर जिल्लामा रगतको अभाव देखिएको छ।

नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले सहजरूपमा रगत उपलब्ध गराउन नसक्दा ती दुई जिल्लामा रगतको अभाव देखिएको हो।

बर्सेनि चाडबाड र चाडबाडपछिको समयमा उपत्यकामा रगतको अभाव देखिने गर्छ। यसलाई सम्बोधन गर्न खासै ध्यान दिएको देखिँदैन।

रक्त सञ्चार सेवा केन्द्रले रगतको अभाव भएकाले रक्तदान गर्न रक्तदातालाई आह्वानसमेत गरेको छ।

कुन समूहको रगत कति अभाव भएको हो भन्नेबारे केन्द्रले जनाएको छैन।

सोसाइटीको सञ्चार विभागद्वारा आज बिहान जारी विज्ञप्तिमा काठमाडौंमा यो हप्तादेखि रगतको अभाव भएकाले रक्तदान गर्न आह्वान गरिएको र सबैको सहयोगले पर्याप्त स्टक भएका कारण दशैंको समयमा रगत अभाव नभए पनि दशैंपछि रक्तदान कार्यक्रम घटेकाले अभाव बढेको जनाइएको छ।

दशैं भर्खरै सकिएको तथा तिहार र छठलगायतका पर्वको समय आइरहेको यस्तो समयमा कलेजसमेत बन्द भएको र रक्तदान कार्यक्रम पनि कम भएकाले अहिले रगतको मागबमोजिम आपूर्तिमा कठिनाइ परेको जनाइएको छ।

रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताले भने, “डेङ्गुलगायत विभिन्न रोगबाट प्रभावित बिरामीका लागि रगतको माग छ, यस्तोमा बिरामीका आफन्तलाई अनुरोध गरेर रक्तदान गर्न भनिरहेका छौं।”

रक्त सञ्चार केन्द्रका अधिकृत राम श्रेष्ठले अहिले सेवा केन्द्रको कालीमाटी कार्यालयमा दैनिक औसतमा ३०० युनिट रगतको माग भई आएको छ तर, आपूर्ति गर्न कठिनाइ भइरहेको छ।

केन्द्रका निर्देशक मनिता राजकर्णिकारले सकेसम्म धेरै संघसंस्थासँग रक्तदानका  लागि पहल गरिरहेको जानकारी दिए।

पछिल्लो सयम केन्द्रको रक्त सेवा फितलो  र प्रभावहीन बन्दै गएको छ। भनेकाे समयमा चाहिएका रगत समूह सेवाग्राहीले पाउन धौधौ पर्ने गर्दछ।

ललितपुरको रक्तसञ्चार केन्द्रमा पनि रगतको अभाव भइरहेको शाखाका सभापति बाबुराजा महर्जनले जानकारी दिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्