अझै पनि कोरोना परीक्षणबिनै भित्रँदैछन् नेपाली

कैलाली। भारतका विभिन्न शहरबाट नेपालीहरू स्वदेश भित्रने क्रम जारी छ।

आज मात्रै कैलालीको गौरीफन्टा नाका भएर दुई हजारभन्दा बढी नेपाली नेपाल प्रवेश गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

उनले अहिले पनि उद्धारको कार्य जारी रहेको बताउँदै उनीहरूलाई सम्बन्धित पालिकामा पठाउने तयारीसमेत भइरहेको बताएका छन्।

आज पनि परीक्षणबिना नै उनीहरूलाई भित्र्याउन थालिएको हो। प्रदेश सरकारले र्‍यापिड किटको अभाव भएको बताउँदै आएको छ।

सीमामा पुगेका नेपालीहरूलाई आज पनि कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले पानी, चाउचाउलगायतका ड्राइफुडहरू वितरण गरेका थिए।

त्यस्तै नेपाल विद्यार्थी संघ क्षेत्र ५ कैलालीले भन्सारनजिकै रहेको नवदुर्गा माविमा रहेको क्वारेन्टाइनमा बसेकाहरूलाई भोजनको व्यवस्था गरिएको नेपाल विद्यार्थी संघ क्षेत्र ५ कैलालीका सभापति गजेन्द्र शाहीले बताए ।

उनले आज करीब एक हजारजनालाई भोजनको व्यवस्था गरिएको बताउँदै भोलिदेखि नियमितरूपमा भोजनको व्यवस्था गरिने बताए।

यसअघि ७ जेठमा गौरीफन्टा नाकाबाट ८५८ र हिजाे, ८ जेठमा दुई हजार ४९८ मजदुरलाई स्थानीय प्रशासनको समन्वयमा उद्धार गरिएको थियो।

७ जेठमा कसैको पनि काेभिड-१९ परीक्षण गरिएकाे थिएन। हिजाे ६०० जनाको मात्रै र्‍यापिड टेस्ट गरिएको सूचना अधिकारी जोशीले बताए।

प्रतिक्रिया दिनुहोस्