सिरहामा राहतका विषयमा झडप, २० जना घाइते

सिरहा। सिरहाको नरहा गाउँपालिका–१ मा राहतको विषयमा झडप हुँदा २० जना घाइते भएका छन्।

चारजनाको अवस्था गम्भीर भएकाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

प्रहरीका अनुसार नरहा गाउँपालिका–१, देवीपुरका फौदार मण्डल, रामजीवन मण्डल, परमिला देवी कामती र रामचन्दर यादवलाई थप उपचारको लागि धरान पठाइएको हो।

वडा कार्यालयले ७०० जनालाई राहत वितरण गर्ने भनेर फारम भरे पनि ५१७ जनालाई मात्र राहत दिएको भन्दै विवाद भएको थियो।

प्रहरीका अनुसार झडपका क्रममा धारिलो हतियार, लाठीसमेत प्रहार भएको थियो।

वडाध्यक्ष अशोक यादवले भने, “धनी व्यक्तिहरूलाई राहत नदिएकाले विपक्षी पार्टीहरूले विरोध गरेर झडप गराए।”

प्रतिक्रिया दिनुहोस्