कैलाली। सुदूरपश्चिम प्रदेशमा लामो समयपछि एकै दिन आज पाँचजना कोभिड-१९ का बिरामी फेला परेका छन्।
त्यहाँ डेढ महीनायता संक्रमित भेटिएका थिएनन्। यसअघि कोभिड-१९ पोजिटिभ फेला परेका पाँचजना कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका थिए।
धनगढीस्थित प्रयोगशालामा हिजो, ८ जेठमा गरिएको कोभिड-१९ को परीक्षणको क्रममा कैलालीका तीन, बैतडीका एक र डडेल्धुराका एक जनामा कोभिड-१९ पोजेटिभ देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।
जानकी गाउँपालिकाका १९, २३ र २६ वर्षीय पुरुषमा संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उनीहरू तीनैजना सरस्वती माविको क्वारेन्टाइनमा थिए।
संक्रमित अन्यमा डडेल्धुराको पर्शुराम नगरपालिकाका २८ वर्षीय पुरुष र बैतडीको शिवनाथ गाउँपालिका २२ वर्षीय पुरुष छन्।
उनीहरू पाँचैजनालाई सेती प्रादेशिक अस्पताल ल्याउने तयारी भइरहेको श्रेष्ठले देखापढीलाई बताए।
सुदूरपश्चिम प्रदेशमा आज फेला परेका पाँचजनासहित कूल संक्रमितको संख्या १० पुगेको छ।
यहाँ गत १४ चैतमा दुबईबाट आएका धनगढी उपमहानगरपालिका-५ का ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि २२ चैतमा थप तीनजनामा पोजिटिभ देखियो।
उनीहरू धनगढी उपमहानगरपालिका-५ की ३४ बर्षीय महिला, कैलाली लम्कीका २१ बर्षीय युवक र कञ्चनपुर बेदकोट नगरपालिकाका ४१ बर्षीय युवक थिए।
पछिल्लो समय १ वैशाखमा लम्की चुहा नगरपालिका-१ की ५२ बर्षीया महिलामा पनि संक्रमण देखियो।
उनीहरू पाँचैजना कोरोनामुक्त भएर यसअघि नै घर फर्किसकेका छन्। पहिलो संक्रमित ९ वैशाख, दोस्रो २६ वैशाख, चेस्रो ७ वैशाख, चौथो १० वैशाखमा डिस्चार्ज भएका थिए। पाँचौ संक्रमित ११ वैशाखमा निको भइसकेका थिए।
त्यसयता प्रदेशमा आज मात्र नयाँ संक्रमित फेला परेका हुन्।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा लामो समयपछि एकै दिन आज पाँचजना कोभिड-१९ का बिरामी फेला परेका छन्।त्यहाँ डेढ महीनायता संक्रमित भेटिएका थिएनन्। यसअघि कोभिड-१९ पोजिटिभ फेला परेका पाँचजना कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका थिए।

">