‘ए’ डिभिजन लिग-२०७६ को ‘टेक्निकल ह्याण्डबुक’ सार्वजनिक
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज शहीद स्मारक ‘ए’ डिभिजन लिग-२०७६ को ‘टेक्निकल ह्याण्डबुक’ आज सार्वजनिक गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र लिग कमिटीका संयोजक विज्ञानराज शर्माले संयुक्तरूपमा ‘टेक्निकल ह्याण्डबुक’ विमोचन गरेका हुन्।

नेपालमा पहिलो निकायको यस्तो किताब दक्षिण एशियामै पनि पहिलो भएको एन्फा अध्यक्ष शेर्पाले दाबी गरे।

‘‘यस बुकको ड्राफ्ट हेर्दा म हर्षित थिएँ। नेपालमा पहिलोपटक सार्वजनिक गर्दैछौं भन्ने सोचेका थियौं’’, एन्फा अध्यक्ष शेर्पाले भने, ‘‘तर मैले एएफसी तथा फिफाका साथीहरूसँग कुरा गर्दै जादाँ दक्षिण एशियामै पहिलोपटक यस्तो रिपोर्ट सार्वजनिक हुन लागेकोमा खुशी लाग्यो।’’

अध्यक्ष शेर्पाले दीर्घकालीन हितका लागि आफूहरूले एकेडेमिक काममा लगानी गरेको बताए। उनले एन्फाले अब पब्लिकेशनको काम पनि शुरू गर्ने बताए।

‘‘दीर्घकालीन फलको आशा गरेर योजना गर्ने हो भने शिक्षामा लगानी गर्नुपर्छ’’, शेर्पाले भने, ‘‘हामीले पनि अब त्यसतर्फ काम थालेका छौं। हामीले अब पब्लिकेशनका काम गर्नेछौं। आगामी दिनमा अन्य प्रतियोगिताहरूको पनि टेक्निकल बुकहरू निकाल्नेछौं। जसले नेपाली फुटबललाई बुझ्न सहयोग पुग्नेछ।’’

‘टेक्निकल ह्याण्डबुक’ मा गत मंसीरमा सम्पन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सहभागी क्लबहरूको इतिहास, अहिलेसम्मका विजेता, लिगका विस्तृत विवरण, समग्र प्राविधिक विश्लेषण, मेडिकल रिपोर्ट, सुरक्षा रिपोर्ट, म्याच कमिस्नर रिपोर्टलगायतका विषय समेटिएको छ।

सदस्यसचिव सिलवालले एन्फाको आन्तरिक विवाद आपसमा बसेर मिलाउन सुझाव दिनुका साथै ‘टेक्निकल ह्याण्डबुक’ सार्वजनिक आफैंमा राम्रो भएको र फुटबल विकासका लागि अब योजनाबद्धरूपमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए।

‘‘फुटबलमा ठूलो र सानो देश भन्ने हुँदैन। ठूला देशले नतिजा निकाल्न नसकेको तथा सानो देशले राम्रो गरिरहेको उदाहरण प्रशस्त छन्। त्यसलाई मनन गर्नुपर्छ। हीनताबोधभन्दा पनि त्यसका लागि योजना बनाएर कार्यान्वयन गरियाे भने सम्भव छ’’, सिलवालले भने, ‘‘हामीले फुटलबमा विकास गरेका छौं। तर, हाम्रा प्रतिस्पर्धीले पनि उत्तिकै प्रगति गरेका छन्। त्यसैले अब हामीले यति वर्षमा हामी यो वरीयतामा पुग्छौं भन्ने योजना बनाएर अघि बढ्नुपर्छ।’’

सदस्यसचिवले लिगको स्वरूप पनि परिवर्तन गर्दै लैजानुपर्ने बताएका छन्। उनले लिग उपत्यकामा खुम्चिएकाले यसलाई देशव्यापी बनाउन एन्फा सुझाव दिए।

‘‘फुटबल विकासका लागि ग्रासरूटका कार्यक्रमहरू बनाउनुपर्छ। नकआउट प्रतियोगिताहरूलाई पनि वर्गीकरण गर्नुपर्नेछ। होइन भने प्रतियोगिताका निम्ति प्रतियोगिता गरेको जस्तो हुन्छ’’, लिगको सन्दर्भमा सिलवालले भने, ‘‘यो उपत्यकाभित्रको प्रतियोगिता मात्र जस्तो देखिएको छ। यसलाई मेचीदेखि महाकालीको प्रतियोगिता बनाउन पर्नेछ। हाम्रो लिग विदेशी खेलाडीको राेजाइमा पर्नुपर्छ र नेपालका खेलाडीहरूले पनि विदेशमा पहिलो प्राथमितकता पाउने वातावरण बनाउनुपर्छ।’’

एन्फका उपाध्यक्ष तथा प्राविधिक समितिका सदस्य उपेन्द्रमान सिंहले पहिलो प्रयास भएकाले क्षमताले भ्याएसम्म राम्रो गर्ने प्रयास गरेको बताए। उनले आगामी दिनमा विश्व फुटबलमा जुन प्रवधि प्रयोग गरेको छ, त्यही प्रविधि प्रयोग गरेर अघि बढ्ने बताए। उनले त्यसका लागि जनशक्ति बढाउने बताए।

प्रतिक्रिया दिनुहोस्