लाहोरबाट उडेको पीके ८०३ नम्बरको कल साइनको उक्त जहाज स्थानीयसमयअनुसार दिउँसो साढे २ बजे अवतरण गर्ने ‘सेड्युल’ थियो। ‘यद्यपि उक्त जहाजसँग सम्पर्कविच्छेद भएको थियो,’ पाकिस्तान एअरलाइन्सका प्रवक्ता अब्दूल खानले सीएनएनसँग भनेका छन्।
पाकिस्तान सरकारले अहिलेसम्म दुर्घटनाका बारेमा औपचारिकरूपमा कुनै सूचना जारी गरेको छैन।
पाकिस्तानले कोरोना भाइरसको विस्तार रोक्नका लागि पहिले लगाएको लकडाउन खोल्ने निर्णय गरेपछि हवाई उडानको अनुमति दिएको थियो।
कराँची विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको विमान दुर्घटनामा भएको क्षतिको विवरण आउन बाँकी छ।

१०७ जना सवार पाकिस्तान एअरलाइन्सको विमान कराँचीमा दुर्घटना: Dekhapadhi
१०७ जना सवार पाकिस्तान एअरलाइन्सको विमान कराँचीमा दुर्घटना

काठमाडौं। लाहोरबाट कराँचीका लागि उडेको पाकिस्तान इन्टरनेसनल एअरलाइन्सको जहाज कराँचीमा दुर्घटनामा परेको छ।

उड्ययन अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले पाकिस्तानको व्यापारिक राजधानीसमेत भनिने कराँची शहरमा भएको दुर्घटनामा परेको जहाजमा चालकदलका सदस्यसहित १०७ जना सवार रहेको समाचार प्रकाशन गरेको छ।

सामाजिक सञ्जालमा सेयर गरिएका तस्वीर र भिडिओहरूमा दुर्घटनास्थलमा कालो धुवाँ उडिरहेको देखिन्छ। उद्धारका लागि ‘इमर्जेन्सी सेवा’ दुर्घटनास्थल पुगिसकेको बताइएको छ।