पाकिस्तानको कराँचीमा विमान दुर्घटना
काठमाडौं। लाहोरबाट कराँचीका लागि उडेको पाकिस्तान इन्टरनेसनल एअरलाइन्सको जहाज कराँचीमा दुर्घटनामा परेको छ।

उड्ययन अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले प्रकाशन गरेको समाचारमा ९० जना यात्रु बोकेको जहाज दुर्घटनामा परेको उल्लेख छ।

सामाजिक सञ्जालमा सेयर गरिएका तस्वीरहरूमा दुर्घटनास्थलमा धूवाँ उडिरहेको देखिन्छ। उद्धारका लागि ‘इमर्जेन्सी सेवा’ दुर्घटनास्थल पुगिसकेको बताइएको छ।

लाहोरबाट उडेको पीके ८०३ नम्बरको कल साइनको उक्त जहाज स्थानीय समयअनुसार दिउँसो साढे २ बजे अवतरण गर्ने ‘सेड्युल’ थियो।

‘यद्यपि उक्त जहाजसँग सम्पर्कविच्छेद भएको थियो’, पाकिस्तान एअरलाइन्सका प्रवक्ता अब्दूल खानले सीएनएनसँग भनेका छन्।

प्रतिक्रिया दिनुहोस्