बैतडीका एक थुनुवामा देखियाे काेराेना संक्रमण, जिल्ला प्रहरी कार्यालय ‘सिल’

कैलाली। जिल्ला प्रहरी कार्यालय बैतडीमा रहेका एक थुनुवामा कोरोना संक्रमण देखिएकाे छ।

कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका थुनुवामा काेराेना संक्रमण देखिएकाे डिएसपी दिल्लीनारायण पाण्डेले जानकारी दिए।

कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालयसमेत सिल गरिएको डिएसपी पाण्डेय बताउँछन्।

उनले आफूलाई प्रयोगशालाबाट जानकारी आएको बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिकरूपमा पुष्टि भने गरिसकेको छैन।

डीएसपी पाण्डेयका अनुसार १५ वैशाखमा पक्राउ गरिएका ती व्यक्ति ६ चैतमा भारतबाट नेपाल आएर लुकेर बसेका थिए।

प्रतिक्रिया दिनुहोस्