काठमाडौं। रुपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएका गुल्मीका ४१ वर्षीय कोरोना संक्रमित व्यक्तिको शव ३० घण्टापछि दाहसंस्कार गरिएको छ।
हिजो, ८ जेठ बिहान करीब ७ बजे मृत्यु भएका गुल्मीको मदाने गाउँपालिका-६ पुर्कोटदहका ४१ वर्षीय शिक्षकको शव स्थानीय प्रशासनले आज दिउँसो १ बजेतिर अस्पतालबाट दाहसंस्कारका लागि लगेको थियो।
हिजो नै दाहसंस्कार गर्न अस्पतालबाट शव लैजाने तयारी गरिएको भए पनि मृतकका परिवार र आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै छानबिन हुनुपर्ने माग राखेका थिए।
स्थानीय प्रशासनको समन्वयमा, मृतकका परिवार र अस्पताल प्रशासनबीच छलफल भए पनि सहमति भएको थिएन्।
स्थानीय प्रशासनले कोभिड-१९ बाट मृत्यु भएका व्यक्तिहरुको दाहसंस्कार गर्ने सम्बन्धी बनेको निर्देशिका अनुसार शव दाहसंस्कारका लागि अस्पतालबाट लगेको हो।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको सुरक्षा निगरानीमा शववाहनमा राखेर दाहसंस्कारका लागि शव लगिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले देखापढीलाई बताए।
मृतकका भाइ मिनबहादुर कुँवरले स्थानीय प्रशासनले शव दाहसंस्कारका लागि लगेर गएको तर आफूहरुलाई सहभागी हुन नदिइएको भन्दै गुनासो गरे।
“हामीले छानबिन हुनुपर्ने, पीडितले न्याय पाउनुपर्ने र भविष्यमा कमी कमजोरी गर्न नहुने भनेर माग राखेका थियौं”, उनले भने, “हाम्रो कुरा नै नसुनेर आफै स्थानीय प्रशासनले शव दाहसंस्कारका लागि लग्यो हामीलाई सहभागी हुन पनि दिइएन्।”
मृतकको शव रुपन्देहीको रामग्राम नजिकै धागो कारखाना रहेको स्थानमा दाहसंस्कारको तयारी भइरहेको छ उनले बताए।
१ जेठमा उच्च ज्वरो, रुघाखोकी लगायतका समस्या देखिएपछि उपचारका लागि रूपन्देहीको मणिग्रामस्थ्ति क्रिमसन अस्पतालमा भर्ना भएका उनको हिजो बिहान मृत्यु भएको थियो।
गुल्मीको मदाने गाउँपालिका ६ पुर्कोट दहबाट उपचारको लागि आएका ४१ वर्षीय शिक्षकलाई ५ जेठका कोरोनाको संक्रमण पुष्टि भएको थियो।
" /> काठमाडौं। रुपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएका गुल्मीका ४१ वर्षीय कोरोना संक्रमित व्यक्तिको शव ३० घण्टापछि दाहसंस्कार गरिएको छ।हिजो, ८ जेठ बिहान करीब ७ बजे मृत्यु भएका गुल्मीको मदाने गाउँपालिका-६ पुर्कोटदहका ४१ वर्षीय शिक्षकको शव स्थानीय प्रशासनले आज दिउँसो १ बजेतिर अस्पतालबाट दाहसंस्कारका लागि लगेको थियो।

">