काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले अखिल नेपाल फुटबल संघको नेतृत्वलाई आन्तरिक विवाद मिलाउन सुझाव दिएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज सार्वजनिक गरेको शहीद स्मारक ‘ए’ डिभिजन लिग २०७६ को ‘टेक्निकल ह्यान्डबुक’ विमोचन गर्ने उनले भने, ‘‘फुटबलमा ठुलो र सानो देश भन्ने हुदैन। ठुला देशले नतिजा निकाल्न नसकेको तथा सानो देशले राम्रो गरिरहेको उदहारण प्रशस्त छन्। त्यसलाई मनन गर्नुपर्छ।’’
‘‘हिनताबोध भन्दा पनि त्यसका लागि योजना बनाएर कार्यान्वन गर्यौं भने सम्भव छ,’’सिलवालले भने, ‘‘एकताबद्ध भएर अघि बढ्नु पर्छ। हामीलाई यो पनि चुनौति छ। हामी काममा भन्दा आलोचनामा उत्रन्छौं। त्यो पनि नगरी एकताबद्ध भएर सामुहिक ढंगले अघि बढ्यो नेपाली फुटबलले फड्को मार्नेछ।’’
सदस्यसचिव सिलवालले जारी लिगमा खेलाडीहरूमा अवसरको सदुपयोग गर्न नसकेको अवस्था रहेको बताए। उनले प्रविधिक रूपमा खेलाडीको स्तर बढे पनि गोल हान्ने क्षमता कम भएको बताए।
उनले फुटबलमा गोल भएन भने अर्थ नहुने बताए। सदस्यसचिव सिलवालले क्षमतावृद्धीका लागि खेलाडीको मनोबल बढाउने कार्य गर्नुपर्ने बताए।
उनले खेलाडी मात्र नभई खेलकुद पदाधिकारीको पनि मनोबल र हौसला बढाउनुपर्ने अवस्था रहेको बताए।
‘‘यस सन्दर्भमा केही गर्नुपर्छ भने लकडाउन खुलेपछि वा यही अवस्थामा पनि भर्चुअल मिटिङ गरेर भए पनि एकआपसमा सानातिना कमि कमजोरी छन भने संवाद छलफल गरेर अलि माझिएर हामी एकताबद्ध भएर अघि बढ्यौं भने फुटबलले अपेक्षित लक्ष्य हासिल गर्ने मैले महशुस गरेको छु,’’ उनको भनाइ छ।
एन्फामा पछिल्लो समय आन्तरिक विवाद बढ्दै गएको छ। पछिल्लो समय ललितपुर फुटबल संघका अध्यक्ष पुरूषोत्तम थापालाई आगामी साधारण सभासम्मका लागि निलम्बन गरेपछि विवादले झन चर्के रूप लिएको छ। त्यसअघि पनि बरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले कार्यसमिति बैठकको निर्णमा नोट अफ डिसेन्ट लेखेको सार्वजनिक गरेका थिए।
त्यसअघि पनि ललितपुर, काठमाडौं, भक्तपुर र धादिङ जिल्ला संघका अध्यक्षहरूले एन्फाले गरेको अनियमितताविरुद्ध आवज उठाउँदै आएका थिए। त्यस्तै नविन पाँडेसमूहका सदस्यहरूले पनि निरन्तर वर्तमान नेतृत्वको आलोचना गर्दै गरिरहेका छन्।
" /> काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले अखिल नेपाल फुटबल संघको नेतृत्वलाई आन्तरिक विवाद मिलाउन सुझाव दिएका छन्।अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज सार्वजनिक गरेको शहीद स्मारक ‘ए’ डिभिजन लिग २०७६ को ‘टेक्निकल ह्यान्डबुक’ विमोचन गर्ने उनले भने, ‘‘फुटबलमा ठुलो र सानो देश भन्ने हुदैन। ठुला देशले नतिजा निकाल्न नसकेको तथा सानो देशले राम्रो गरिरहेको उदहारण प्रशस्त छन्। त्यसलाई मनन गर्नुपर्छ।’’

">