चोरीका दुईवटा कारसहित कैलालीमा एकजना पक्राउ

कैलाली। जिल्ला प्रहरी कार्यालय कैलालीले चोरीका दुईवटा कारसहित एकजनालाई नियन्त्रणमा लिएको छ।

धनगढी उपमहानगरपालिका-४, उत्तरबेहडीबाट चोरीका कारसहित युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले तुलसीपुर नगरपालिका-५, न्युरोड दाङ घर भई धनगढी-१, वसन्त टोल बस्दै आएका १६ वर्षीय नवीन सार्कीलाई पक्राउ गरिएको जानकारी दिए।

३ जेठमा धनगढी उपमहानगरपालिका-४, उतरबेहडीका राजेन्द्रबहादुर मल्लले घर अगाडि सडकमा पार्किङ गरी राखेको अवस्थामा बा ८ च २१०० नम्बरको कार र ७ जेठ राति सोही ठाउँका रविन्द्र देव भट्टको घरको आँगनमा राखेको होन्डाई कम्पनीको बा १४ च ४७८१ नम्बरको गाडी चोरी भएको थियाे।

साे विषयमा अनुसन्धान गर्दै जादा सार्कीलाई पक्राउ गरिएको बस्नेतकाे भनाइ छ। उनकाे साथबाट १२ हजार ४७० रूपैयाँ, विभिन्न कागजात र दुई थान मोबाइलसमेत बरामद् गरिएको डीएसपी बस्नेतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्