ठेगाना उल्लेख गर्दा फेरि चिप्लियो स्वास्थ्य मन्त्रालय
काठमाडौं। कोरोना भाइरसबाट संक्रमितहरूको विवरण अद्यावधिक गर्ने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज फेरि त्रुटिपूर्ण प्रेस विज्ञप्ति जारी गरेको छ।

सर्लाहीको रामनगर बहुअर्वा गाउँपालिकामा १५ जना र गोडैटा नगरपालिका ८, ९, ११, १३ र १४ वडामा संक्रमित भेटिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

तर, गोडैटा नगरपालिकामा १२ वटा मात्र वार्ड छ। यो विवरणमा मन्त्रालयबाट त्रुटी भएको गोडैटा नगरपालिका प्रमुख देबेन्द्रकुमार यादवले देखापढीलाई बताए।

मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार सर्लाहीमा आज १५ जना संक्रमित थपिएका छन्।

नगरपालिका अनुसार संक्रमितमध्ये गोडैटा नगरपालिकाका १३ जना र रामनगर बहुअर्वा गाउँपालिकाका १ जना छन् भने एकजनाको परिचय खुल्न सकेको छैन।

“मन्त्रालयले जारी गरेको विज्ञप्ति त्रुटिपूर्ण छ, यसलाई सच्याउनुपर्छ”, नगरप्रमुख देबेन्द्र कुमार यादवले भने, “एकजनाको परिचय खुल्न सकेको छैन, ठेगाना यहीँको देखाएपनि कहाँका हुन् थाहा हुन सकेको छैन्, ठेगाना उल्लेख गर्दा केही गडबडी भएको देखिन्छ ।”

स्वास्थ्य मन्त्रालयले यसअघि १ जेठमा पनि त्रुटीपूर्ण विज्ञप्ति जारी गरेको थियो। संक्रमितको संख्या २५० जना पुगेको बताएको मन्त्रालयले पछि पुन: विज्ञप्ति सच्याउँदै २४५ जना रहेको जनाएको थियो।

मन्त्रालयबाट बारम्बार भइरहेको त्रुटीबारे बुझ्न खोज्दा सहप्रवक्ता समिरकुमार अधिकारी सम्पर्कमा आउन चाहेनन् ।

नगरप्रमुख यादवका अनुसार संक्रमितहरुलाई आजै जनकपुर आइसोलेसनमा लैजाने तयारी हुँदैछ। एम्बुलेन्सले संक्रमितलाई लैजान तयार नभएको बताउँदै यसबारे सुरक्षा प्रमुखहरुसँग छलफल भइरहेको उनले बताए।

आज पुष्टि भएका संक्रमितहरु करीब १० दिनअघि भारतको मुम्बई, सुरत, दिल्ली र राजस्थानबाट आएका नगरप्रमुख यादवले बताए।

उनीहरूको तीनदिन अघि ८६ जनाको स्वाब संकलन गरेर काठमाडौको टेकुमा ल्याइएको थियो।

तीनदिन अघि फेरि ८० जना आएका छन् । अहिले १, २, ३, ८, १०, १२ वडाको क्वारेन्टाइनमा दुई सयभन्दा बढी मानिसहरू छन् ।

प्रतिक्रिया दिनुहोस्