स्रोत नखुलेको १० लाख ५ हजार रुपैयाँसहित पक्राउ
<p>काठमाडौं । रौतहटमा स्रोत नखुलेको नगद १० लाख ५ हजार रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।</p>
<p>ईशनाथ नगरपालिका ९ दुर्गामन्दिरस्थित सडकबाट नगदसहित बारा सिम्रौनगढ नगरपालिका-७ का २५ वर्षीय सुकुरुल्लाह अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो।</p>
<p>प्रहरी चौकी औरैयाबाट खटिएको टोलीले उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो। उनको साथबाट ना५४प २११६ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
