दार्चुलाको छांगरुमा सशस्त्रको भवन निर्माणका लागि टेन्डर आह्वान
काठमाडौं। सशस्त्र प्रहरीले दार्चुलाको छांगरुमा भरखरै स्थापना गरिएको बीओपीका लागि भवन बनाउन टेन्डर आह्वान गरेको छ।

एक सय ६० जनाको टोली रहने गरी सशस्त्रको गुल्म स्थापना गर्ने गृह मन्त्रालयको तयारी छ।

सशस्त्र प्रहरीले दार्चुलामा स्थापित पोस्टका लागि भवन बनाउन रु. ११ करोड छुट्याएको थियो।

सशस्त्रको गुल्ममातहत रहने गरी कालापानी नजिकैको कौवामा र चीनसँगको सिमा तिंकरमा थप दुईवटा सीमा सुरक्षा पोस्ट (बीओपी) स्थापना गर्ने तयारी गृह मन्त्रालयले अघि बढाएको छ। त्यसका लागि आवश्यक जग्गा लिने प्रक्रियासमेत अघि बढाइएको गृह स्रोतले जानकारी दिएको छ।

छांगरुमा केही दिनअघि प्रहरी निरीक्षक लिलीबहादुर चन्दको नेतृत्वमा २५ जनाको टोली रहने गरी बीओपी स्थापना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्